back
CTIZAN AD

कविता: सुन्दर भाव

वि.सं.२०७७ फागुन २९ शनिवार

858 

shares

सुन्दर कोमल भाव छ जस्को
प्रेमिल पावन मित्र छ उस्को
आदरले भव नित्य जितिन्छ
मान गरेपछि इज्जत मिल्छ ।१।

बाहिर सुन्दर रङ्ग हरूमा
भुल्दछ जीवन दृश्यहरूमा
मोहित गर्दछ रङ्ग र काया
आखिर तर्नुछ अन्तिम नैया ।२।

लोभ र पाप छ व्याप्त रमेको
छैन कतै मन ढुक्क थमेको
चिन्तनले मन शान्त गराउँ
देह छ सुन्दर प्रेम भराउँ ।३।

मानिस भित्र छ प्रेम अभाव
स्वार्थ भरिन्छ र पार्छ प्रभाव
राख्नु हुँदैन पखाल कुभाव
बन्नु छ सुन्दर बुद्ध स्वभाव ।४।

चाल छ सुन्दर कर्म अधर्म
भन्दछ तै पनि तिर्नु छ पर्म
गर्छ घमण्ड र गिर्दछ पÞmेरि
यो भवसागर तर्छ कसोरी । ५।
छन्दः दोधक

बुढानिलकण्ठ काठमाडौं,हाल -झापा

वि.सं.२०७७ फागुन २९ शनिवार ०६:५१ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...