-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कथा: सानो भुल



‘मम्मी’ छोरोले रोएर बोलाएको सपना देखेर ग्रेसीको निन्द्रा खुल्छ । हतास हुन्छे शरीर पसिनाले निथ्रुक्कै भिजेको छ । छोरालाई केहि भयो कि भनि चिन्ता लिन थाल्छे । भित्ते घडी हेर्छे रातको १२ः३० बजेको छ ! करिब १७ बर्ष भयो । पतिसंगको सामान्य विवाद र झगडामा ५ बर्षे छोरा र घरलाई चटक्क छाडेर यहाँ प्राईमरी स्कुलमा मास्टरी जागिर गरेर एक्लै बसेकी । छोरोको मायाले रुन थाल्छे । मन व्याकुल छ । फेरि पनि निदाउन सकेकी छैन ।

९ः०० बजे स्कुलको गेट निर पुग्दा ‘मम्मी’ भन्दै एक युवकले पाउँ छुन्छ । ग्रेसीले ति युवकलाई हेर्छे, लामो खाई लाग्दो ज्यान, आँखामा कालो चश्मा, गोरो र सुन्दर युवक – बाबु तिमी को हौ ? मैले चिनिन ? युवकले भन्छ – ‘मम्मी, म संजय ।’ सामुन्ने आफ्नै छोरा देखेर ग्रेसिको आँखामा तरर आँसु बग्न थाल्छ । अँगालो मारेर सोध्छे – बाबु कस्तो छस् ? संजयले रुँदै – ठिक छु मम्मी । सधै हजुरको याद आउँछ । मम्मी, म सिभिल ईन्जिनियर भईसके । हिजो जागिरको नियुक्ति पत्र बुझे ! हजुरको सम्झना आएकोले मिठाई लिएर भेटन आको – मम्मीलाई मिठाई खुवाउँदै भन्छ । छोरोको आँसु पुछी दिदै ग्रेसीले खुशी हुँदै भन्छे – ये हो र ? मेरो छोरा ईञ्जिनियर भईसकेछ । अनि डैडीको के हाल खबर छ ? संजयले बाटोनिर पिठ्यु फर्काएर उभेको मान्छे देखाउँदै भन्छ–उ डैडी पनि संगै आउनु भएको छ । डैडीले अहिले सम्म हजुरलाई धेरै माया गर्नु हुन्छ ।

ग्रेसीले पर बाटोमा पिठ्यु पर्काएर उभिएको पतिलाई हेर्छे । भक्कानिएर रुन थाल्छे । ‘मम्मी, प्लिज नरुनुस् । जे भो भई हाल्यो । अब घर जाउँ – संजयले मम्मिको आँसु पुछिदिदै भन्छ । यो कुरा सुनेर ग्रेसीले आफैलाई सम्हाल्न सक्दिनन । झन् जोडले भक्कानिएर रुन थाल्छिन् । संजयले मम्मीको काँध समातेर डैडी निर लैजान्छ । फर्केर बसेको पति निर पुगेर ग्रेसीले रुँदै सोध्छे – हजुर, कस्तो हुनुहुन्छ ? पति फर्किन्छ उनको अनुहार पुरै आँसुले रुझेको छ । रुमालले आँसु पुछ्दै पतिले भन्छ – ठिकै छु ग्रेसी । तिमीलाई कस्तो छ ? पतिको पुरै अनुहार आँसुले रुझेको देखेर ग्रेसी भुईमा थचक्क बसेर भक्कानिएर क्वाँ क्वाँ गर्दै झन् रुन थाल्छे । साडीले आँसु पुछ्दै रुँदै भन्छिन् – म ठिक छु हजुर ।

पतिले उठाउँदै – नरोउ ग्रेसी । अब घर जाउँ । भक्कानिदै पतिलाई अँगालो मार्दै भन्छे – मैले झगडा गर्दा हजुरले ‘सरि’ किन भन्नु भएन ? मैले घर छाडेर निस्कन लाग्दा हजुरले किन रोक्नु भएन ? भन्नुस् किन रोक्नु भएन ? पतिले रुँदै भन्छ – यति नभनेर मैले भुल गरे, आई एम सरी ग्रेसी । ग्रेसी क्वाँ क्वाँ रुदै भन्छे – हजुरले यति मात्र भनेको भए ! मैले सुन्दर घर छाडेर यहाँ आउने थिईन ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा