
काठमाडौं । दशौं संस्करणको मिस तामाङ २०१७ को ट्यालेन्ट शो सकिएको छ । काठमाडौंमा आइतबार सम्पन्न शोमा सबै प्रतियोगीहरुले आ–आफ्नो नृत्य, कविता, गजल आदि प्रस्तुतको गरेका थिए ।
ट्यालेन्ट शोको लागि निर्णायकहरुमा नेपाल तामाङ कला संस्कृति केन्द्रका अध्यक्ष÷संगीतकार मिलन मोक्तान, संचारकर्मीद्धय अर्जुनबहादुर तामाङ र लक्ष्मी रुम्बा, नृत्य निर्देशक समिर लामा, साधना कला केन्द्रका नृत्य प्रशिक्षक आशा गौतम, सि नेपालका अध्यक्ष स्मीता मोक्तान, नायिका शान्ति लामा र मिस तामाङ २०१६ की विजेता उर्मिला योञ्जन रहेका थिए ।
यस अघि सहभागीहरुलाई कोरियाग्राफीमा रोजिन शाक्य, तामाङ भाषाबारे तामाङ डाजाङका अर्जुनबहादुर तामाङ, नृत्यमा तामाङ चलचित्र निर्देशक अमिर दोङ, संचारबारे तामाङ संचार समूहका अध्यक्ष जगत दोङ, नेपाल जेसिसका पूर्वअध्यक्ष महेश दाहालले प्रशिक्षण दिइसकेको छ भने एभरेष्ट फेशन होमका निर्देशक रञ्जिता ब्लोनको अनुसार अनेरास्ववियुका अध्यक्ष नविना लामा र अधिवक्ता बुद्धश्री लामाले बाँकी दिनमा प्रशिक्षण दिने भएका छन् ।
सहभागीहरु कमशः देबु दोङ सिन्धुपाल्चोक, कोपिला घलान हेटौडा, विनिता स्याङतान काठमाडौं, रोजिना योञ्जन काठमाडौं, रिता तामाङ धादिङ, मनिषा तामाङ ललितपुर, श्रीयम थिङ काठमाडौं, ललिता तुबा काठमाडौं, पुनम बोम्जन चितवन, मनिषा ब्लोन मकवानपुर, रितु गोले तामाङ ललितपुर, जयमाला तामाङ काभ्रे, स्मारिका तामाङ काभ्रे, अस्ना स्याङदान झापा र मैना लामा नुवाकोटका रहेको थियो ।
त्यसैगरी रुपा ब्लोन काभ्रे, कुमारी बज्यु काठमाडौ, अन्जना तामाङ लमजुङ, दिक्षा किरण लोप्चन काठमाडौं, गंगा पाख्रिन तामाङ धादिङ, फूलमाया मोक्तान सर्लाही, अस्मीता बल रैतहट, आस्मा मोक्तान ललितपुर, सरिता दोङ काभ्रे, सितल थोकर रामेछाप, करुणा बल काठमाडौं, उर्मिला बोम्जन सिन्धुपाल्चोक, मिनाक्षा तामाङ काठमाडौं, अस्मिता योञ्जन ललितपुर, सरला ब्लोन सुनसरी, पिकीं घिसिङ काठमाडौं, सुचिता तामाङ चितवन, नविना लामा दोलखा , नावाङ मोक्तान काठमाडौं र दिक्षा मोक्तान धनुषाका रहेका छन् ।