३ चैत , काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
दोलखा, तामाकोशी गाउँपालिका ७ लामिडाँडास्थित सडकमा बा.५ ख ७९९ नम्बरको टिपरबाट सोमबार दिउँसो झर्ने क्रममा ठक्कर दिँदा जिरी नगरपालिका–४ घर भइ हाल सोही गाउँपालिका–७ हावा बस्ने ४५ वर्षीय सोनाम लाक्पा शेर्पाको घटनास्थलमै मृत्यु भएको छ । टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिया, राजापुर नगरपालिका-१० लालपुरस्थित सडकमा भे.६ प २४०८ नम्बर र से।७ प ५६९३ नम्बरको मोटरसाइकल सोमबार दिउँसो एक-आपसमा ठक्कर खाई दुर्घटना हुँदा से.७ प ५६९३ नम्बरको मोटरसाइकल चालक टपेश सोदारीको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
भे.६ प २४०८ नम्बरको मोटरसाइकल चालक मधुवन नगरपालिका-६ बस्ने २० वर्षीय रोशन पुन मगरलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते भएका १ जना स्थानीय मेडिकल उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ । दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, सबैला नगरपालिका-७ मटही टोलस्थित सडकमा ज.१३ प २३० नम्बरको मोटरसाइकलले सोमबार दिउँसो ठक्कर दिँदा सोही ठाउँ बस्ने पैदलयात्री ६५ वर्षीय बिकाउ दासको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७७ चैत ३ मंगलवार १३:५२ मा प्रकाशित






























