काठमाडौं । सामाजिक सन्जाल प्रयोग नगर्ने औपचारिक घोषणा गर्दै अभिनेता अमिर खान सन्जाल बाट टाढिएका छन् ।
उक्त कुरालाई आज उनले घोषणा गरेका हुन् । गत आइतबार जन्मदिनको अवसर मा सामाजिक सन्जाल मार्फत शुभकामना दिने प्रशंसक र शुभेच्छुकहरूलाई धन्यवाद दिँदै उनले यही पोस्टलाई अन्तिम भनेर लेखेका थिए । कामको व्यस्तताका कारण आफूले सामाजिक सन्जाल बाट टाढिन लागेको अमिरले जानकारी गरेका हुन् ।
उनले यस्तो घोषणा गरे पनि आमिर खान प्रोडक्सनले नयाँ ट्विटर ह्यान्डल लन्च गरेको छ । आमिरको यही ह्यान्डलले उनको बारेमा जानकारी गराउने बताइएको छ ।
वि.सं.२०७७ चैत ३ मंगलवार १४:०६ मा प्रकाशित




























