back
CTIZAN AD

सगरमाथा आरोहणका लागि नेपाल आइपुग्यो बहराइनका राजकुमारको टोली (तस्बिरसहित)

वि.सं.२०७७ चैत ३ मंगलवार

609 

shares

३ चैत, काठमाडौं । बहराइनका राजकुमारको टोली सगरमाथा आरोहणका लागि नेपाल आइपुगेको छ ।

सोमबार नेपाल आइपुगेको उक्त टोलीमा बहराइनका राजकुमार सेख महम्मद अमाद अल खलिफासहित १६ जनाको टोली बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर काठमाडौं आएको हो ।

उक्त १६ जनाको टोलीमा बहराइनको रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी नागरिक र ३ जना बेलायती नागरिक रहेका छन् ।
उनीहरुको आरोहणका लागि काठमाडौंको कपनस्थित सेभेन समिट ट्रेक्स प्रा.लिले व्यवस्थापन गरेको छ । उक्त टोलीले ६ महिना अघि लोबुचे पिक र मनास्लु हिमालको सफल आरोहण गरिरकेको सेभेन समिट ट्रेक्स प्रा.लिका अध्यक्ष मिङ्मा शेर्पाले बताए ।

सोमबार काठमाडौं उत्रिएका उनीहरुको टोली नक्सालस्थित होटल मेरियटमा बसेको छ । उनीहरु १५ दिनसम्म क्वारेन्टिनमा रहे पश्चात सगरमाथा आरोहणका लागि निस्कने पनि अध्यक्ष शेर्पाले संसारन्युजलाई जानकारी दिएका छन् ।

No description available.

बहराइनको उच्चपदस्थको टोली सगरमाथा आरोहणमा आएकोमा नेपाल र नेपालीकै लागि गर्वको कुरा रहेको शेर्पाले बताए । ‘आरोहरणका लागि यसरी उच्चपदस्थ टोली आउनु भनेको नेपाल र नेपालीकै लागि गर्वको कुरा हो,’ अध्यक्ष शेर्पाले भने, ‘यसले संसारभर राम्रो सन्देश जाने र नेपाल भ्रमण तथा आरोहणका लागि आउने पर्यटकको वृद्दि हुने हामीले आसा लिएका छौं ।’

झण्डै ८० दिन नेपालमा रहने सो टोलीले यसबीचमा गोरखाको चुमनुब्री गाउँपालिका १ मा रहेको समागाउँका बासिन्दाको लागि कोरोना भाइरस (कोभिड १९) विरुद्ध लगाइने २ हजार डोज अस्ट्रजेनिका खोप सहयोग गर्ने समेत बताइएको छ ।

No description available.
नेपाली दूतावास बहराइनबाट खुसी व्यक्त
नेपाली दूतावास बहराइनले राजकुमारसहितको १६ जनाको टोलीलाई सोमबार एक कार्यक्रमका बीच विदाइ गरेको छ ।

May be an image of 4 people, people standing and outdoors

नेपाल आउनुपूर्व बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र नियोगका द्धितीयसचिव अरुणा घिसीङ लगायत दूतावास परिवारले सो टोलीलाई भेटेर आरोहण सफलताको शुभकामना दिएको छ ।

May be an image of standing, aircraft, outdoors and text that says 'A9C-AWL'

पर्वतारोहण सम्बन्धमा बहराइनबाट भइरहेको पछिल्ला प्रयासहरुबाट नेपाल र बहराइनबीचको सम्बन्ध प्रगाढ बन्दै गएकोमा राजदूत सुन्दासले खुसी व्यक्त गरेका छन् ।

 

 

 

वि.सं.२०७७ चैत ३ मंगलवार १४:०७ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...