back
CTIZAN AD

भारत र इंल्याण्ड बिचको बाँकी ३ टि-२० खेल दर्शक बिनै गराईने

वि.सं.२०७७ चैत ३ मंगलवार

609 

shares

३ चैत, काठमाडौँ । भारत र इंल्याण्ड बिचको बाँकी ३ टि-२० खेल दर्शक बिनै गराईने भएको छ । भारतमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढेपछि भारतीय क्रिकेट र्बोड बिसीसीआईले इंल्याण्ड र भारत बिचको बाँकी ३ टि-२० खेलहरु बिना दर्शक बिनै गराउने निणर्य गरेको हो ।

बाँकी रहेको ३ टि-२० खेल र्हेन जानका लागि दर्शकले किनेकाे टिकटको पैसा पनि र्फिता गरिने बिसीसीआईले जनाएको छ । भारतमा कुल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड १४ लाख भन्दा बढि रहेको छ भने मंगलबारमात्र २४ हजार ४ सय ३७ जना नयाँ संक्रमितहरु थपिएमा थिए ।

भारत र इंल्याण्ड बिचको ५ खेलको टि-२० श्रृखला अहिले १ १ को बराबरीमा रहेको छ । पहिलो टि-२० भारतलाई ८ विकेटले पराजित गर्दै इंल्याण्डले श्रृखलामा अग्रता लिएको थियो भने दोस्रो टि-२० मा इंल्याण्डलाई ७ विकेटले पराजित गर्दै श्रृखला बरबरीमा ल्याएको थियो ।

यी दुई टिम बिचको तेस्रो टि-२० आज अहमदाबादमा नेपाली समय अनुसार ७:१५ बाट सुरु हुनेछ ।

वि.सं.२०७७ चैत ३ मंगलवार १४:१६ मा प्रकाशित