back
CTIZAN AD

सेयर बजारमा समान्य अकंको वृद्धि, चन्द्रागिरी हिल्सका लगानीकर्ताले मनग्य कमाए

वि.सं.२०७७ चैत ३ मंगलवार

579 

shares

३ चैत, काठमाडौँ । साताको तेस्रो दिन मंगलबार भने सेयर बजार नेप्सेमा समान्य अकंको वृद्धि देखिएको छ । आज बजार परिसूचक २ दशमलव ५६ अकंले बढेर समग्र परिसूचक २३९१ दशमलव ७४ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ० दशमलब ४४ अकंले बढेर ४३० दशमलब ४९ अकंमा पुगेको छ ।

नेप्सेमा सामान्य अकंको वृद्धि देखिएसँगै बैंकिङ, होटल्स पयर्टन, फाइनान्स, उत्पादन मूलक, माइक्रोफाइनान्स, लाईफ इन्स्योरेन्स, इन्भेष्टमेन्ट श्रेत्रका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन भने ती बाहेक व्यापार, विकास बैंक, जलविद्यृत, निर्जीवन बीमा, अन्य र सामुहिक लगानी कोष क्षेत्रका लगानीकर्ताहरु गुमाउनेमा परेका छन ।

आज कुल सूचिकृतमध्ये २१६ कम्पनीको ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैंया बराबरको ९० लाख १२ हजार ८५३ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ४६ हजार ५४० पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा नेपाल लाईफ इन्स्योरेन्स, अपर तामाकाशी, नेपाल इन्फ्राइस्ट्रक्चर बैंक, नबिल बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, नेपाल हाईड्रो पावर कम्पनी, नेपाल इन्फ्राइस्ट्रक्चर बैंक, हाईड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले ९९८ प्रतिशतले कमाएका हुन । त्यस्तै  जोशी हाइड्रोपावर, घलेम्दी हाईड्रोपावर, ग्रिन लाईफ हाईड्रोपावर लगायतका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन भने राष्ट्रिय बीमा कम्पनी (प्रमोटर सेयर), पञ्चकन्या माई हाइड्रोपावर, एभरेष्ट इन्स्योरेन्स कम्पनी (प्रमोटर सेयर), राष्ट्रिय बीमा कम्पनी लिमिटेड लगायतका लगानीकर्ताहरु गुमाउनेमा परेका छन ।

वि.सं.२०७७ चैत ३ मंगलवार १५:२६ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...