back
CTIZAN AD

फेरि संसद विघटन गरेर निर्वाचनमा जाने प्रधानमन्त्रीको चाहना !

वि.सं.२०७७ चैत ४ बुधवार

618 

shares

४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद् विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् ।

सरकारकै कारण संसद गतिहीन बन्नुको साथै बैकल्पिक सरकार निर्माणमा समेत अन्योल बढीरहेका बेला प्रधानमन्त्रीले यस्तो संकेत गरेको पाइएको छ ।

मंगलरबाको शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा आयोजित दलका शिर्षनेताहरुसँगको बैठकका क्रममा प्रधानमन्त्रीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनतिरै लैजाने धारणा राखेका थिए ।

यस्तो धारणा राख्दा अन्य दलका नेताहरुले प्रतिवाद गरेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको भनाईको बचाउ गरेकी थिइन् । ‘चुनावमा जाने कुरा लोकतान्त्रिक हो, यसलाई नकारात्मक रुपमा लिनु भएन’, ‘राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,’ ‘तर निर्वाचनमा जाने÷नजाने तपाईहरुले निर्णय गर्ने हो ।’

प्रधानमन्त्रीको भनाइमा कांग्रेसका वरिष्ठ नेता रामचन्ँद्र पौडेल, माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले ठाडै प्रतिवाद गरेका थिए । उनीहरुले राजनीतिका यस्ता विषयमा छलफल गर्ने थलो शीतल निवास नभएको उल्लेख गर्दै संसदबाटै निकास खोज्नुपर्ने बताएका थिए भने जनता समाजवादी पार्टीका नेताहरु भने यस विषयमा कुनै प्रतिक्रिया नदिएको पनि बुधबारको कान्तिपुर दैनिकमा समाचार छ ।

बैठकमा राष्ट्रपतिले आफू बंगलादेश भ्रमणमा जान लागेको जानकारी दिएपछि भ्रमण सफलताको शुभकामना दिएर नेताहरु उठ्न लाग्दा प्रधानमन्त्रीले मेरो केही भन्नुछ भनेर बोलेको नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले बताएका छन् । ‘सर्वोच्च अदालतको निर्णयलाई कार्यान्वयन गर्नुको साटो प्रधानमन्त्रीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको असंबैधानिक कदमलाई संविधानसम्मत भएको, अदालतले पुनःस्थापना गरे पनि प्रतिनिधिसभा परिणाममुखी हुन नसकेको र सहमति अनुसार नै फेरि प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने कुरा गर्नुभयो,’ श्रेष्ठले भने, ‘उहाँले विघटन गर्ने प्रावधान छ, सल्लाह गर्दै जाऔं भन्नुभएपछि मैले र रामच्रन्द्र पौडेलजीले प्रतिवाद गर्यौ ।’

वि.सं.२०७७ चैत ४ बुधवार ०८:४८ मा प्रकाशित

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...