back
CTIZAN AD

प्रेम प्रस्ताव स्वीकार नगर्दा प्रेम दिवसकै दिन बोहोराको हत्या

वि.सं.२०७७ चैत ४ बुधवार

612 

shares

४ चैत, दाङ । आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेको भन्दै एक युवकले प्रेम दिवसकै दिन युवतीको हत्या गरेको खुलेको छ ।

सल्यानको त्रिवेणी गाँउँपालिका १ तल्लो काभ्राकी १६ वर्षीया कविता बोहोराको एकतर्फी प्रेम गरेका सोही गाउँका १६ वर्षीय कृष्ण थापाले हत्या गरेको अनुसन्धानमा खुलेको छ ।

हत्या आरोपि थापालाई एकवर्षपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा थापाले आफुले हत्या गरेको स्वीकारेको बुधबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

२०७६ फागुन २ गते प्रेम दिवसको दिन राति झण्डै १२ बजे बोहोराको हत्या भएको थियो । कवितालाई थापाले एकतर्फी रुपमा प्रेम गरेको र प्रेम नस्वीकारेपछि आफूले हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन् । ‘मेरो हुँदैन भने उसलाई कसैको हुन दिन्न भनेर हत्या गरेको हुँ,’ प्रहरीसँगको बयानमा उनले भने, ‘अरुसँग प्रेम गाँसेको थाहा पाएपछि हत्या गरेको हुँ ।’

फागुन २ गते राति १२ बजेतिर गोठ नजिकैके भकारीको डिलमा बसेर कविताले मोवाइलमा कुरा गरिरहेको अवस्थामा थापाले खुकुरी प्रहार गरेको अनुसन्धानमा खुलेको छ । कविता जनता मावि काभ्रामा ९ कक्षामा अध्ययनरत थिइन् ।

वि.सं.२०७७ चैत ४ बुधवार ०९:१४ मा प्रकाशित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...