back
CTIZAN AD

स्व. कोइरालाई न्यूयोर्क च्याप्टरले सम्झीयो

वि.सं.२०७३ माघ १७ सोमवार

963 

shares

janasampara-samiti-newyork-chapter

न्यूयोर्क : यहि जनवरी २९ तारीक आईतबारका दिन नेपाली जनसंपर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वा शुशिल कोइरालालाई सम्झिएको छ । च्याप्टरले कोइरालाको बार्षिक पून्यतिथिको अवसरमा “नेपालको संविधान निर्माणमा शुशिल कोईरालको भूमिका” बिषयक एक वृहत कार्यक्रमको आयोजना गरी सम्झीएको हो ।

स्थानिय न्यूयोर्क शहरको, ज्याक्सन हाईटमा गरिएको उक्त कार्यक्रममा बिभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, समाजसेवी, बुद्दिजिवी, व्यवसायी, पत्रकार, कलाकार, साहित्यकार तथा आम जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रमुख अथिति रहेका नेपाली जनसंपर्क समिति अमेरिकाको सभापति आनन्द बिष्टले लामो समय पछि संगठनको विवाद अन्त्य भएको यतिवेला शुशिल दाई भए अत्यन्तै खुशि हुने कुरा राख्दै आउँदा दिनमा संगठनलाई एकजुट बनाएर लाने धारणा राखेका थिए ।

बिशेष अथिति नेपाली काँग्रेस अमेरिकाका नेता विद्या सागर योन्जनले शुशिल कोईरालाको सादगि जिवनको कुरा कोट्याउँदै संगठनको मिलनले आफु खुशि भएको बताए ।

नेजस अमेरिकाका संयोजक विष्णु सुवेदिले शुशिल कोईराला पदको लोभ नभएको नेता भएको बताएका थिए ।

नेपाली जनसंपर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले शुशिल कोईरालाको नेतृत्वमा संविधान बनेकोले नेपाली जनताले उहाँलाई सधैं सधैं संम्झीरहने कुरा राख्दै, संविधानको कार्यान्वयनका लागि काँग्रेसले सबैलाई मिलाएर लानुपर्ने कुरामा जोड दिएका थिए । संगठनको विवाद अन्त्य भईसकेकोले आउँदा दिनहरूमा संस्था एक ढिक्का भएर अघि बड्ने कुरा समेत मन्तव्यको क्रममा महासचिव नेम्बाङले राखेका थिए ।

नेजस अमेरिकाका सचिव भोजराज ठोकरले शुशिल कोईरालाको साधारण जीवन शैलीको बारेमा चर्चा गरेका थिए । एनआरएन अमेरिकाका उपसभापति बन्दना कोईराला, नेजसका केन्द्रीय सदस्य द्दय सुवास लामा र हरी शर्मा नेजस न्यूयोर्क च्याप्टर अमेरीकाका उप९सभापति अमर तामांग र सदस्य वृन्दा राई, एनआरएन न्यू९योर्क च्याप्टरका सचिव रामहरी अधिकारी, तरूण दल अमेरिकाका उपाध्यक्ष छिरींग तोप्के लामा, हरीस हमाल लगायतले मन्तव्य राखेका सो कार्यक्रममा, न्यूयोर्क च्याप्टरका कोषाध्यक्ष मोना शर्मा, नेता सुवर्ण लामा, टक रूवाली, मोहन श्रेष्ठ, पुनम राणा मगर समेतको उपस्थिती रहेको थियो ।

विपी र शुशिल कोईरालाको तस्वीरमा फुलमाला चढाएर सुरूवात गरिएको उक्त कार्यक्रमको अध्यक्षता न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुंगनाले गरेका थिए भने संन्चालन भने च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए ।

वि.सं.२०७३ माघ १७ सोमवार ११:३६ मा प्रकाशित

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

ओस्लो, नर्वे । नेपाली पोर्चुगीज समाज नेपोस नर्वेको नियमित बैठक...

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...