
काठमाडौं । नायिका आँचल शर्माको आज जन्मदिन हो । सामाजिक सञ्जालमा आँचललाई धेरैले जन्मदिनको शुभकामना दिइरहेका छन् । श्रीमान डा.उदिप श्रेष्ठले मध्यरातमा नै केक काटिदिए ।
आँचलले गत साल उदिपसँग बिबाह गरेकी हुन् । आँचल र उदिपको बिहे भएको हालसालै एक बर्ष बितेको छ । बिहेपछि पनि आँचलले फिल्म र म्युजिक भिडियो खेलिरहेकी छिन् । नाई नभन्नू ल ४ बाट फिल्म यात्रा सुरु गरेकी आँचलले जोनी जेन्टलम्यान, ब्ल्याक, शत्रुगते फिल्ममा अभिनय गरेकी छिन् भने झिंगेदाऊ फिल्म प्रदर्शनको क्रममा छ ।
यो सालदेखि आँचल शर्मा २२ वर्ष पुरा भएकी छिन् ।