५ चैत्र, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा आज हुँदैछ ।
फागुन ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको सातौँ वार्षिक साधारण सभा क्रिक रिसोर्ट, धादिङमा आज विहान १० बजेदेखि सुरू हुने भएको हो ।
सभाले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
कम्पनिले साधारण सभा प्रयोजनको लागि फागुन १४ गते देखि बुक क्लोज गरिएकोे छ । बुक क्लोजको आधारमा फागुन १३ गते सम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
वि.सं.२०७७ चैत ५ बिहीवार १२:४५ मा प्रकाशित






























