back
CTIZAN AD

१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला

वि.सं.२०७७ चैत ५ बिहीवार

528 

shares

५ चैत्र, काठमाडौँ । नेकपा (एमाले) माधव नेपाल–झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ ।

ललितपुरमा बुधबारबाट सुरु भएको भेलाले १७ बुँदे प्रस्ताव पारित गर्दै आज सकिएको हो । वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि छलफल गर्दै भेलाबाट आएको सल्लाह र सुझावलाई समेट समेट्दै १७ बुँदा प्रस्ताव पारित गरिएको सचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

भेला सकिए ललगतै गरीएको पत्रकार सम्मेलनमा भट्टराईले देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा गर्दै देशभर संगठनात्मक अभियान चलाउने निर्णय गरेको जानकारी दिएका हुन्र। सो समूहले सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने बताएको छ।

अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी विभाजन गर्न खोजेको भन्दै उक्त समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकारसमेत गरेको छ ।

‘सर्वोच्च अदालतको फैसलाको मर्म विपरीत तथा नेकपा (एमाले) को एकतामा भाँजो हाली पार्टीलाई विभाजन गर्दै अन्ततः नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर तुल्याउने र विसर्जन गर्नेतर्फ परिलक्षित रहेको छर्लङ्गै छ । अतः पार्टी विधान, पद्धति र नेकपा (एमाले) को सिद्धान्त, नीति र अभ्यास विपरीत अध्यक्ष पदमा रहनुभएका केपी शर्मा ओलीको तर्फबाट भएका कथित निर्णय र कामहरुलाई यो भेला पूर्णतः अस्वीकार गर्दछ ।’ १७ बुँदे प्रस्तावमा भनिएको छ ।

बैठकले एकीकरण पूर्वको पार्टीको संगठनात्मक स्थितिलाई स्वीकार गरी फागुन २८ गते सरकारी निवास, वालुवाटारमा पार्टीको विधान, पद्धति र अभ्यास विपरीत गरिएका कथित निर्णयहरु रद्द गरी क्रमशः पार्टी स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीको बैठक बोलाई विधि र पद्धतिसम्मत छलफल गर्न समेत जोडदार माग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धात्मक प्रक्रियाबाट आफुलाई अगाडि बढाउँदै नेपालको राष्ट्रिय स्वाधीनता र हितलाई सर्वोपरी राखेर क्रियाशील हुने भनी गरेको सार्वजनिक प्रतिबद्धतालाई भेलाले हार्दिक स्वागत समेत गरेको छ।

यस्तो छ भेलाले पास गरेको १७ बुँदे प्रस्तावको पूर्णपाठ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत तथा पारित प्रस्तावहरु
(१) नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनका विभिन्न मोर्चामा क्रियाशील हुँदा आफ्नो अमूल्य जीवनको आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति यो बैठक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलाल, जननेता कमरेड मदन भण्डारी र कम्युनिष्ट पार्टी नेतृत्वको पहिलो सरकारका प्रधानमन्त्री कमरेड मनमोहन अधिकारी सहितका हाम्रो पार्टीका अग्रजहरुको स्मरण गर्दै उहाँहरु प्रति यो भेला हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

(२) नेकपा (एमाले) लाई विधान, विधि र पद्धति अनुरुप देश तथा जनताको हितमा सञ्चान गर्नुपर्नेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वेच्छाचारी किसिमका गतिविधि गरी पार्टीको एकता र प्रणालीका सामु संकट उत्पन्न गरिरहेको बेला पार्टीको एकता तथा विधिसम्मत सञ्चालनको पक्षमा ऐक्यवद्धता प्रकट गर्न आफ्नो उमेर र स्वास्थ्यसमेतको पर्वाह नगरी राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुनुभएका पार्टीका सम्मानित नेताको रुपमा भूमिका निर्वाह गरिसक्नुभएका नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल प्रसाद कोइराला, राधाकृष्ण मैनाली, शितल झा, केशरमणि पोखरेल प्रति कृतज्ञता प्रकट गर्दै उहाँहरुप्रति यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ । त्यस्तै, भेलामा सहभागी हुनुभएकोमा शिक्षक आन्दोलन र संगठनको निर्माणमा अगुवाई गर्दै नेपालको वामपन्थी आन्दोलनमा योगदान पुर्याएउनु भएका बद्रीप्रसाद खतिवडाप्रति कृतज्ञता प्रकट गर्दै उहाँप्रति यो भेला धन्यवाद ज्ञापन गर्दछ ।

(३) सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टीको दर्ता खारेज गर्नुका साथै नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् स्थितिमा रहने फैसला गरेपछि नेकपा (एमाले) का सबै कमिटी, सम्बद्ध जनसंगठन र पेशागत संगठन लगायत सबै संरचनाहरु उक्त दुई कम्युनिष्ट पार्टीहरुको एकीकरण पूर्वको स्थितिबाट विधिसम्मत सञ्चालन र क्रियाशील तुल्याउनु कानूनसम्मत र पद्धतिसम्मत हुन्छ । यसरी पार्टीलाई विधान, विधि र पद्धति अनुरुप सञ्चालन गरेर मात्र नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकिन्छ । यसलाई क्षतविक्षत तुल्याउँदै राष्ट्रिय स्वाधीनतालाई समेत कमजोर बनाउने सबै प्रकारका षडयन्त्रहरुलाई विफल गर्दै नेकपा (एमाले) लाई एकताबद्ध र सुदृढ बनाउन सकिन्छ । यसको विपरीत सर्वोच्च अदातलको फैसलामा नेकपा(एमाले)  र नेकपा (माओवादी केन्द्र) का बीच पुनः एकीकरणको सम्भावनाबारे छलफल गर्न निर्वाचन आयोगले दिएको १५ दिनको समयको उपयोग गर्दै तत्सम्बन्धमा पार्टीको स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका बैठक बोलाई छलफल गर्नुको साटो गत फागुन २८ गते आफ्नो गुटका सीमित व्यक्तिहरु बाहेकका केन्द्रीय कमिटी सदस्यहरुलाई कुनै जानकारी नगराई प्रधानमन्त्रीको सरकारी निवासमा गुटको भेला गरी पार्टी विधान विपरीत स्वेच्छाचारी किसिमले पार्टी विधान संशोधन, केन्द्रीय कमिटीका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर र परिवर्तन तथा नेकपा(एमाले) को सदस्य नै नरहेका केही व्यक्तिहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने जस्ता अवैध निर्णय र स्वेच्छाचारी कार्यको यो भेला तीब्र विरोध गर्दछ । यस प्रकारको कार्य सर्वोच्च अदालतको फैसलाको मर्म विपरीत तथा नेकपा (एमाले) को एकतामा भाँजो हाली पार्टीलाई विभाजन गर्दै अन्ततः नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर तुल्याउने र विसर्जन गर्नेतर्फ परिलक्षित रहेको छर्लङ्गै छ । अतः पार्टी विधान, पद्धति र नेकपा (एमाले) को सिद्धान्त, नीति र अभ्यास विपरीत अध्यक्ष पदमा रहनुभएका केपी शर्मा ओलीको तर्फबाट भएका कथित निर्णय र कामहरुलाई यो भेला पूर्णतः अस्वीकार गर्दछ ।

(४) नेकपा (एमाले) केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) संग सम्झौता गर्नुका साथै २०७५ साल जेठ ३ गते नेकपा (माओवादी केन्द्र) संग पार्टी एकीकरणसम्बन्धी घोषणामा हस्ताक्षर गर्नुभएको थियो । यस तथ्यको स्मरण गराउँदै नेपालको कम्युनिष्ट आन्दोलनमा विगतमा देखिएका फुटको श्रृंखलालाई सधैंका निम्ति अन्त्य गर्ने प्रतिबद्धताका विपरीत उहाँले पार्टीको एकता तथा कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न गर्नुभएका विभिन्न गतिविधिहरु प्रति दुःख प्रकट गर्दै नेकपा (एमाले) को एकता जोगाउन सर्वोच्च अदालतको पैmसला अनुरुप नेकपा (माओवादी केन्द्र) संगको एकीकरण पूर्वको पार्टीको संगठनात्मक स्थितिलाई स्वीकार गरी फागुन २८ गते सरकारी निवास, वालुवाटारमा पार्टीको विधान, पद्धति र अभ्यास विपरीत गरिएका कथित निर्णयहरु रद्द गरी क्रमशः पार्टी स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीको बैठक बोलाई विधि र पद्धतिसम्मत छलफल गर्न यो भेला जोडदार माग गर्दछ ।

(५)प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्वेच्छाचारीरुपमा गरिएको प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले गरेको फैसलाको यो भेला स्वागत गर्दछ। सो फैसलाबाट प्रधानमन्त्रीद्वारा नेपालको संविधानको अपव्याख्या गर्ने कामलाई समेत रोकिएको थियो । तर अदालतले नेकपाको नामसम्बन्धी अर्को मुद्दामा फैसला गर्दा विघटनसम्बन्धी मुद्दाको फैसलामा अन्तरनिहित कतिपय कुराहरुसंग बाझिने गरी निवेदकले माग गर्दै नगरेको विषयमा प्रवेश गरी राजनीतिक किसिमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दर्ता खारेज गर्ने निर्णय गर्यो । यस्तो सर्वोच्च अदालतको फैसलाप्रति यो भेला असहमति प्रकट गर्दछ । नेपालको संविधान र कानून अनुरुप दुई स्वतन्त्र राजनीतिक दलहरु निर्वाचन आयोगमा विधिवत् दर्ता भई नेपाल राजपत्रमा समेत सोही अनुरुप सूचना प्रकाशित हुनुका साथै झण्डै बितेका तीन बर्ष निरन्तर गतिविधि गर्दै निर्वाचनमा उम्मेदवारी दिएर जनताबाट अनुमोदन प्राप्त गरिसकेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को दर्ता खारेज गरिनु संविधान प्रदक्त राजनीतिक दलको एकीकृत हुनपाउने अधिकार एवम् जनताको सार्वभौम अधिकारमाथिको समेत प्रहार हो । यस प्रकारका कार्यहरुले राष्ट्रको दीर्घकालिन हितमा समेत कुप्रभाव पार्ने हुँदा स्वतन्त्र न्यायपालिका र कानूनी शासनको अवलम्वनमा पुनः जोड दिदै अदालत तथा निर्वाचन आयोग लगायतका राज्यका सबै निकायहरुलाई संविधान, कानून र सुशासनका मान्यताअनुरुप अघि बढ्न यो भेला आग्रह गर्दछ ।

(६) नेपालमा एकीकृत, सशक्त र सुदृढ कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई षडयन्त्रमुलक किसिमले छिन्नभिन्न गरिएको कार्यबाट शिक्षा लिदै नेकपा (एमाले) लाई समेत फुटाई नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने र नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानलाई नै कमजोर तुल्याउने देशी, विदेशी प्रतिक्रियावादीहरुको षडयन्त्रको भत्र्सना गर्दै त्यस्तो षडयन्त्रलाई विफल तुल्याई राष्ट्रको अस्मिता तथा कम्युनिष्ट आन्दोलनको भविष्य सुरक्षित गर्न एकता र दृढताका साथ अग्रसर हुन नेकपा (एमाले) पार्टी पंक्तिका साथै सम्पूर्ण देशभक्त तथा वामपन्थी शक्तिलाई यो भेला हार्दिक आव्हान गर्दछ । राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, समाजवाद उन्मुख शासनप्रणालीको विकास गर्दै सामाजिक रुपान्तरण, सामाजिक न्याय तथा समृद्धिका लागि एकता र सहकार्यको मार्गमा अग्रसर हुन यो भेला सम्पूर्ण कम्युनिष्ट पार्टी र समूहहरुलाई हार्दिक आव्हान गर्दछ ।

(७) पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट पार्टीलाई समेत विधान, विधि, पद्धति अनुरुप अगाडि बढ्न नदिई तथा प्रतिनिधि सभालाई असंवैधानिक रुपमा विघटन गरी नेपालको राजनीतिमा सिर्जना गरिएको राजनीतिक अस्थिरता तथा पार्टीभित्रको अराजकता र अन्योललाई चिर्न नेकपा (एमाले) का घोषित सिद्धान्त, नीति र कार्यक्रम अनुरुप पार्टी र यससंग सम्बद्ध सबै जनसंगठन र पेशागत संगठनहरुलाई अगाडि बढाउन तथा अध्यक्ष केपी शर्मा ओलीस्वयंको गुटबन्दीबाट भएका र हुनसक्ने पार्टी विधान, पार्टी एकता र राष्ट्रिय हित प्रतिकूलका कुनैपनि काम कार्वाईका विरुद्ध दृढताका साथ अग्रसर हुन यो भेला नेकपा ९एमाले० का सबै नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछ ।

(८) पार्टीको विधान, विधि र पद्धतिविपरीतका कथित निर्णयहरु गरी नेकपा (एमाले) को देश, पार्टी र जनताप्रति प्रतिबद्ध अनुशासित पंक्तिलाई राष्ट्रियता, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि अनिवार्य भएको यो राष्ट्रिय कार्यकर्ता भेलामा उपस्थित हुनुभएका नेता कार्यकर्ताहरुलाई केपी शर्मा ओली पक्षबाट सार्वजनिकरुपमा दिइएको धम्की तथा यो राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी नहुन दिइएको कथित निर्देशनलाई अस्वीकार गर्दै हजारौंहजार पार्टी सदस्यहरुको अथक परिश्रमबाट निर्माण भएको नेकपा (एमाले) लाई गुट र सत्तास्वार्थमा दुरुपयोग नगर्न यो भेला सम्बन्धित सबैलाई सचेत गर्नचाहन्छ । देशका विभिन्न भागमा पार्टीका कार्यकर्ता र सदस्यहरुलाई धम्क्याउने, तर्साउने र प्रलोभन दिनेजस्ता निकृष्ट कार्यहरुको यो भेला निन्दा गर्दछ ।

(९) प्रनिधिसभाको पुनःस्थापनाका लागि आन्दोलनमा उत्रने तथा सशक्त आवाज उठाउने पार्टीपंक्ति तथा सम्पूर्ण जनसमुदायप्रति कृतज्ञता प्रकट गर्दै उहाँप्रति यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ । उक्त आन्दोलनमा योगदान गर्नुका साथै नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा र सम्बद्र्धनका लागि निर्भय र अठोटका साथ अग्रसर हुनुहुने नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुप्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा अझ सशक्त रुपमा सक्रिय हुन यो भेला हार्दिक आव्हान गर्दछ ।

(१०) नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पुर्यााउने सबै प्रकारका असमान सन्धि–सम्झौता र कार्यहरुको विरोध गर्दैआएको छ । संविधान सभामा लामो छलफल र बहसपछि बनेको नेपालको संविधानले पनि सबै प्रकारका असमान सन्धि सम्झौताहरुको पुनरावलोकन गरी राष्ट्रिय हितलाई सर्वोपरी राखेर अन्य देशहरुसंग सन्धि सम्झौता र सहमति गर्ने एवम् संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशील एवम् असंलग्नताका सिद्धान्त तथा स्वतन्त्र परराष्ट्र नीतिको आधारमा नेपालको परराष्ट्र नीति सञ्चालन हुने स्पष्ट मार्ग निर्देशन गरेको छ । यसको विपरीत प्रधानमन्त्री समेत रहनु भएका केपी शर्मा ओलीको नेतृत्वमा भएका नेपालको हित प्रतिकूलका कतिपय सम्झौता, निर्णय र कामहरुको विरोध गर्दै यो भेला तिनलाई अस्वीकार गर्दछ । साथै नेपालको सीमा क्षेत्रमा देखा परेका समस्याप्रति नेपाल सरकारको मौनताको विरोध गर्दै अन्तर्राष्ट्रिय कानून, मान्यता र अभ्यास अनुरुप नेपालको भूभाग, सीमाको सुरक्षा गर्दै नेपालको भौगोलिक अखण्डतामा आँच आउन नदिन यो भेला सम्बद्ध जिम्मेवारहरुसंग माग गर्दछ ।

(११) नेपालको संविधानको मार्ग निर्देशन अनुरुप नागरिकता, नेपाल सरकार र विभिन्न मुलुकहरुका बीचमा भएका सहयोग सम्झौता तथा नेपालका प्राकृतिक स्रोतहरुको उपयोगका सम्बन्धमा हुने कुनैपनि सम्झौता र सहमति नेपालको स्वतन्त्रता, स्वाधीनता र हित अनुकूल मात्र हुनुपर्नेमा जोड दिदै त्यसतर्फ यो भेला सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछ ।

(१२) देशलाई अस्थीर राजनीति, आर्थिक विश्रृंखलता, अन्योल र अशान्तिबाट जोगाउन सम्पूर्ण लोकतान्त्रिक राजनीतिक दलहरुलाई जिम्मेवारीवोधका साथ अग्रसर भई देशलाई उचित निकास दिने कार्यमा योगदान पुर्याुउन यो भेला हार्दिक आव्हान गर्दछ ।

(१३) कोरोना विषाणुको महामारीबाट जनतालाई जोगाउनको लागि भरपर्दो खोपको व्यवस्था गर्न तथा विगतमा झैं औषधोपचारका सामग्री आयातमा भ्रष्टाचार हुननदिन यो बैठक माग गर्दछ । साथै सार्वजनिक भएका भ्रष्टाचारसम्बन्धी विभिन्न कार्यहरुको बारेमा तथ्यसंगत किसिमले छानबिन गरी दोषी उपर प्रभावकारीरुपमा कानूनी कार्वाई गर्न यो भेला सम्बन्धित निकायहरुसंग माग गर्दछ ।

(१४) कोराना विषाणुको महामारीबाट नेपालको अर्थतन्त्र र समाजमा पर्न गएको कुप्रभावको गहन अध्ययन गर्दै खोप लगायतका जनस्वास्थ्यसंग सम्बन्धित कामहरु सुव्यवस्थित किसिमले अगाडि बढाउन, आर्थिक क्रियाकलापलाई प्रोत्साहित गर्न र यससम्बन्धी सबै काम पारदर्शीरुपमा गर्न तथा भ्रष्टाचारीहरु माथि कानूनी कावाई गर्न यो भेला सम्बन्धित सबैसंग यो बैठक आग्रह गर्दछ ।

(१५) देशमा बढ्दो वेरोजगारी, जनताको दैनिक जीवनलाई कठीन बनाइरहेको बढ्दो महंगी र सामाजिक अपराधतर्फ ध्यान दिई त्यसको समाधान गर्न राज्ययन्त्र परिचालित हुनुपर्नेमा जोड दिदै गुट र सत्तास्वार्थमा राज्य स्रोत दोहन गर्ने कार्यको यो भेला भत्र्सना गर्दछ ।

(१६) नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धात्मक प्रक्रियाबाट आफुलाई अगाडि बढाउँदै नेपालको राष्ट्रिय स्वाधीनता र हितलाई सर्वोपरी राखेर क्रियाशील हुने भनी गरेको सार्वजनिक प्रतिबद्धतालाई यो भेला हार्दिक स्वागत गर्दछ । साथै नेपालको कम्युनिष्ट आन्दोलनलाई यसको क्रान्तिकारी र देशभक्तिपूर्ण चरित्र अनुरुप अगाडि बढाउन वामपन्थी एकताका लागि योगदान गर्न समेत यो भेला आव्हान गर्दछ ।

(१७) हाम्रो पार्टी नेकपा (एमाले) को यो राष्ट्रिय कार्यकर्ता भेलालाई भव्यरुपमा सफल पार्न नैतिक, भौतिक लगायत विभिन्न किसिमले सहयोग गर्ने सबैलाई यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
मितिः २०७७/१२/५/५
प्रकाशित : चैत्र ५, २०७७ १८:२०

वि.सं.२०७७ चैत ५ बिहीवार २१:४३ मा प्रकाशित

भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति

भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति

दमौली (तनहुँ) । राष्ट्रपति रामचन्द्र पौडेलले भानु चुँदीरम्घालाई भाषा र...

संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने कांग्रेसको निर्णय

संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि...

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण...