मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समय लागे पनि सम्मानित काम गर्ने समय छ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ । सभा–समारोहमा सहभागी बन्ने मौका छ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आँटले काम गर्ने अवसर दिलाउनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । प्राप्त उपलब्धिले आत्म–विश्वास पनि बढ्नेछ। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । कामबाट फुर्सद मिल्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आफ्नै बेहोसीले समस्यामा परिएला । बलजफ्ती काम गर्ने बानीले नोक्सान पुर्याउनेछ । घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । होसियारीसाथ काममा जुट्नुहोला । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ । टाढाका साथीभाइले काममा साथ दिनेछन् ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धेरै श्रम परे पनि तत्काललाई कम मूल्य पाइएला । तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ । आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छ । भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ने अवस्था आउन सक्छ । लगानीको तुलनामा लाभांश कम देखिए पनि पछि फाइदा हुने काम सुरु हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
छोटो समयमा आँटेको काम सम्पादन हुनेछ । नयाँ कामको अवसर पनि प्राप्त हुनेछ । नोकरी तथा पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेत परे पनि तारिफयोग्य कामको चर्चा हुनेछ । अरूका लागि समय दिनुपर्दा आफ्नो काममा विलम्ब हुन सक्छ । तापनि चिताएको काम सम्पादन हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । धेरैलाई फाइदा हुने काम गर्न सकिनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । परिश्रम परे पनि मिहिनेतको उपलब्धि प्राप्त हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थितिवश काममा व्यवधान हुनेछ । पहिलेको समस्या दोहोरिनाले पुरानै काममा अलमलिनुपर्ला । यात्रा गर्दा धनमाल सुरक्षामा सजग रहनुहोला । सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । अध्ययनमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि खर्च बढ्नेछ । उपलब्धि हातपार्न केही समय प्रतीक्षा गर्नुपर्ला ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आम्दानी पनि बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । विशेष उपहार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनुका साथै अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
समय लागे पनि अप्ठ्यारा चुनौतीहरू पार लाग्नेछन् । प्रयत्न गर्दा अधिकार सुरक्षित गर्न सकिनेछ। शत्रु र प्रतिस्पर्धीहरू पछि पर्नेछन् । गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउने मौका छ । मुद्दामा आफ्नो पक्षको सुनुवाइ हुनेछ । प्रतिस्पर्धीहरूले सम्झौताका हात अघि बढाउनेछन् । बाहिरको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । आँट गर्दा काम बन्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्ययनमा समय दिन नसकिए पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । लक्ष्यमा पुग्न समय लागे पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ । महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सहयोगीहरूको साथ जुट्नेछ भने कामका बाधाहरू पनि हट्नेछन् । मिहिनेतीहरूका लागि धेरै कुरा आर्जन गर्ने समय छ । शुभचिन्तकहरूले नयाँ कामतर्फ अग्रसर गराउनेछन् । पुराना समस्याको समाधान हुनेछ । भौतिक वस्तु तथा साधन–स्रोत जुटाउन सफल भइनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । उद्योग तथा व्यापार सम्बन्धी कामबाट विशेष लाभ हुनेछ ।
२०७७ चैत ६ गते, शुक्रवार, (९ मार्च २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
आज बिहीवार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात
वि.सं.२०७७ चैत ६ शुक्रवार ०७:३५ मा प्रकाशित


























