back
CTIZAN AD

एकवर्षे बालक बोकेर खाद्यान्न माग्दै काठमाडौं आइपुगे पालिका उपाध्यक्षसहित वडाअध्यक्षहरु

वि.सं.२०७७ चैत ६ शुक्रवार

861 

shares

६ चैत, काठमाडौं । बझाङको साइपाल गाउँपालिकाकी उपाध्यक्षसहित वडा अध्यक्षहरु खाद्यान्न माग्दै काठमाडौं आइपुगेका छन् ।

भौगोलिकरुपमा विकट रहेको साइपाल गाउँपालिकाका ६१० घर परिवार भोकमरीको चपेटामा परेपछि पालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहोरासहित चार वडा अध्यक्षहरु खाद्यान्न माग्दै काठमाडौं आइपुगेका हुन् ।

गाउपालिकामा गत कात्तिकयता एकदिन मात्रै पानी पर्यो । पानी नभएपछि अन्न फलेन र ६१० घर परिवार भोकमरीको मारमा परेपछि पालिकाका वडा नं १ का अध्यक्ष गोपाल बोहोरा, २ का अध्यक्ष हरिलाल बोहोरा ३ का अध्यक्ष जगवीर बोहरा र ४ का जयसिंह रोकाया काठमाडौं आइपुगेका हुन् ।

उपाध्यक्ष बोहराले साथमा एकवर्षको बच्चा पनि ल्याएकी छन् । ‘खेती भनेको गहुँ, जौ, कोदो र मकै हो तर खडेरीले केही उम्रिएन, उम्रेको केही बाली पनि सुक्यो,’ खाद्य व्यवस्थता तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल समक्ष उपाध्यक्ष बोहोराले भनिन्, ‘पुस माघबाट खाद्यान्न अभाव भइसकेको छ । केहीले खाद्यको चामल आए तिरौला भनेर व्यापारीबाट पैचो चामल मागेर खाइरहेका छन् ।’ शुक्रबारको कान्तिपुर दैनिकमा समाचार छ ।

उनीहरुले बुधबार उद्योग तथा वाणिज्य आपूर्ति राज्यमन्त्री विमला विकलाई ज्ञापनपत्र बुझाएका छन् । साथै बिहीबार पनि उनीहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ज्ञापनपत्र बुझाउन पुगेका थिए ।

वि.सं.२०७७ चैत ६ शुक्रवार ०८:३५ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...