६ चैत, रौतहट । मेयरले आफूहरुलाई काम गर्न नदिएको भन्दै पाँचवटा नगरपालिकाका उपप्रमुखहरुले सिडिओ सामु गुनासो पोखेका छन् ।
रौतहटका ५ वटा नगरका उपप्रमुखहरुले एकसाथ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको कार्यकक्षमा पुगेर मंगलबार यस्तो गुनासो गरेका हुन् ।
मेयरले आफ्नो अधिकार मिचेर कामै गर्न नदिएको तथा एकलौटी चल्न खोजेको आरोप लगाउँदै वृन्दाबन राजदेवी, गढीमाइ, बौधीमाइ र गजुराका उपप्रमुखले सिडियो सामु गुनासो पोखेको शुक्रबारको कान्तिपुर दैनिकमा समाचार छ ।
स्थानीय तहको सेवा सन्चालन सम्बन्धी आदेशमा उपप्रमुखलाई सम्बन्धीत कार्यपालिकाको न्यायिक समिति संयोजक, योजना अनुगमन मूल्यांकन समिति, बजेट परामर्श समिति, विकास बजेट बाँडफाँट समिति संयोजकलगायतका जिम्मेवारी तोकिएको छ । तर नगरप्रमुखले यी कुनै जिम्मेवारी पनि आफूहरुलाई नदिएको गुनासो सिडियो समक्ष गरेका हुन् ।
गुनासो लिएर पुगेका उनीहरुलाई सिडिओले सबैलाई नगर प्रमुखहरुलाई बोलाएर छलफल गर्ने आश्वासन दिएका थिए । रौतहटमा मौलापुर नगरपालिका बाहेक सबैमा प्रमुख–उपप्रमुखवीच विवाद रहेको गुनासो आएको प्रजिअ यादवले बताए ।
वि.सं.२०७७ चैत ६ शुक्रवार ०९:०१ मा प्रकाशित






























