
६ चैत्र, काठमाडौ । एनएमबि बैंकले १२५ दिने निक्षेपमा आकर्षक ब्याज योजना ल्याएको छ । बैंकहरु कर्जा सापटीमा केन्द्रित भएको देखिएपनि एनएमबिले भने साना निक्षेपकर्ताहरुलाई बचत गर्न प्रोत्साहन गर्नेगरी निक्षेपमा आकर्षक योजना ल्याएको बैंकले जनाएको छ।
बैंकले माघदेखि नयँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई १२५ दिने मुद्दतीमा ७.२५ प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ ।
देशभरी रहेका एक सय ८० शाखाहरुबाट नयाँ योजना लिन सक्ने बैंकले जनाएको छ।