back
CTIZAN AD

एकदिवसीय श्रृखलाको लागि भारतीय टिमको घोषणा, यी ३ युवा खेलाडीले पाए पहिलो पटक मौका

वि.सं.२०७७ चैत ६ शुक्रवार

699 

shares

६ चैत, काठमाडौँ । इंल्याण्ड विरुद्धको एकदिवसीय श्रृखलाका लागि भारतीय क्रिकेट र्बोडले आफ्ना खेलाडीहरुको चयन गरेको छ । भारतीय क्रिकेट र्बोड बिसीसीआईले विराट कोहलीको कप्तानीमा १८ खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।

भारतको एकदिवसीय टिममा पहिलो पटक ब्याट्सम्यान सूर्याकुमार यादव, अलराउण्डर कुनाल पांड्या र फास्ट बलर प्रसिद्ध कृष्णले मौका पाएका छन । सुर्याकुमार यादवले इंल्याण्ड विरुद्ध जारी टि २० श्रृखलाको चौथो खेलमा उत्कृष्ट ब्याटिङ्ग गरेको थिए ।त्यसैगरी अलराउण्डर कुनाल पांड्या र फास्ट बलर प्रसिद्ध कृष्णले भखरै समाप्त विजय हजारे ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेका थिए । अष्ट्रेलिया विरुद्धको एकदिवसीय श्रृखलामा टिममा पर्न सफल भएका मनिस पाण्डे, मयंक अग्रवाल, संजु श्यामसन, रविन्द्र जडेजा, मोहम्मद शमी र जसप्रीत बुमराह भने टिमबाट बाहिरिएका छन ।

भारत र इंल्याण्ड बिचको ३ खेलको एकदिवसीय श्रृखला मार्च ३० बाट सुरु हुनेछ ।

इंल्याण्ड विरुद्धको एकदिवसीय श्रृखलाका लागि भारतको टिम
विराट कोहली, रोहित शर्मा, शिखर धवन, केएल राहुल, शुभमन गिल, श्रेयर अय्यर, सूर्याकुमार यादव, हार्दिक पांड्या, रिषभ पंत, युजवेन्द्र चाहल, कुलदिप यादव, कुनाल पांड्या, विशिंग्टन सुन्दर, टि नटराजन, भुवनेश्वर कुमार, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, शार्दुल ठाकुर ।

वि.सं.२०७७ चैत ६ शुक्रवार १२:०६ मा प्रकाशित