६ चैत्र, काठमाडौं । जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं. ३० का वडा सचिव (अधिकृत छैठौं तह) भरत कुमार पोखरेल रु. ४ लाख घुस सहित पक्राउ परेका छन् ।
वडा सचिव पोखरेलले निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई सेवाग्राहीबाट उक्त रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
निजकै कार्यकक्षबाट पक्राउ परेका पोखरेल माथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।