चैत ६, काठमाडौं । जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विघटनले नयाँ समाजवादी शक्ति निर्माणको आधार तयार भएको टिप्पणी गरेका छन् । उनले माक्र्सवादी मान्यताअनुसार पनि नेकपाको ध्वंस नवनिर्माणका लागि भएको बताए ।
सामाजिक सञ्जालमार्फत नेता भट्टराईले फुटिसेको नेकपालाई जोड्न लाग्नुभन्दा नयाँ कुराको सिर्जना गर्न आवश्यक रहेको बताए । उनले एमाले र माओवादी केन्द्रका नेताहरुलाई नयाा समाजवादी धु्रवीकरणतिर लाग्न आग्रह पनि गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘पुरानोको ध्वंस विना नयॅा निर्माण हुन्, मार्क्सेली दर्शनले भन्छ१नेकपाको अन्तरध्वंस नयॅा समाजवादी शक्ति निर्माणको नयॅा आधार बन्नसक्छ । अत: फुटेका हॅाडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टॅासेर पुरानै हॅाडी बनाउने मिथ्या कोशिश गर्नुसट्टा नयॅा समाजवादी ध्रुवीकरणतिर लाग्ने होकि ?’
वि.सं.२०७७ चैत ६ शुक्रवार १२:३० मा प्रकाशित






























