
६ चैत्र, काठमाडौं । नेपाल बैंक लिमिटेडले दैलेखमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले दैलेख सदरमुकाम नारायण नगरपालिकामा आफ्नो २०५औं शाखा सञ्चालनमा ल्याएको हो ।
चैत्र ४ गते बुधवार बैंक सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनी तथा नारायण नगरपालिका प्रमुख रत्न बहादुर खड्काले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गरिएको हो ।
उक्त समाहरोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लामा छिट्टै सेवा सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए । उनले ग्रामिण अर्थतन्त्रलाई उकास्न बैंकले ६.९९ प्रतिशत व्याजदरमा साना तथा मझौंला उद्यमी तथा व्यवसायीहरुका लागि आकर्षक प्याकेज अघि सारेको बताए ।