
६ फागुन, काठमाडौँ । प्रधान सेनापति र युरोपियन यूनियन प्रतिनिधिमण्डलका राजदूत बीच भेटवार्ता भएको छ ।
प्रधान सेनापति पूर्णचन्द्र थापा र यूनियन प्रतिनिधिमण्डलकी राजदूत HE Nona Deprez बीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।
भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सो भेटवार्ताले नेपाल र यूरोपियन यूनियन बीचको आपसी सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।