चैत ६, काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन् ।
उनी निकटस्थ स्रोतले बताएअनुसार दिउँसो १ बजे पत्रकार सम्मेलन गरि सोबारे जानकारीसमेत दिने तयारी गरिएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा गत २०७४ फागुनमा महान्यायाधिवक्तामा नियुक्त भएका उनी प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयका कारण विवादमा परेका थिए । उनले उक्त निर्णयलाई बचाऊ गर्दै आएका थिए ।
वरिष्ठ अधिवक्ता खरेल नेकपा (एमाले)बाट दुवै संविधानसभाका सदस्य पनि बनेका थिए ।
वि.सं.२०७७ चैत ६ शुक्रवार १२:१५ मा प्रकाशित






























