६ चैत्र, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत ६ गते आज (शुक्रबार)देखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता शेयर सर्बसाधारणको लागि निष्काशन गरेको हो ।
कम्पनीले जसमा कुल कित्तामध्ये ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि र १ लाख ४५ हजार सामूहिक लगानी कोषको लागि बाँडफाँट गरी बाँकी २६ लाख ९७ हजार कित्ता सार्वजनिक निष्कासन गरेको हो । यो आईपीओ छिटोमा चैत १० गते र ढिलोमा चैत २० गतेसम्म बिक्रीमा रहनेछ ।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि दिन सकिने छ । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने प्रत्याभुतकर्तामा प्रभु क्यापिटल र नेपाल बंगलादेश क्यापिटल रहेका छन्।