back
CTIZAN AD

कविता: घातको खत

वि.सं.२०७७ चैत ७ शनिवार

768 

shares

जब सम्झन्छु
तिम्रा स्निग्ध प्रेमिल स्पर्शहरु
हर्षले आँखाबाट
फूलका आँसु बर्षन्छन् ।

हृदयतल रसाउँदै
कण–कणमा आनन्दको
प्रशान्त सागर छचल्किन्छ
स्वयं प्रेमका देवता
हृदयगृहमा बास बस्छन् ।

फेरि सम्झन्छु
फूलको किस्तीमा छुपाएर गरेको
धारिलो छुरीको प्रहार
तिमीले दिएका
ती मर्मान्त घातका चोटहरु;
हृदयको कापकापमा
पुत्पुताउछ निसासिंदो धुवाँ ।

धोकाको अग्निज्वाला
दावानल बनेर जलाउँछ
विश्वासका नाजुक मुजुराहरु
अनायास ओइलाउँछन्;
‘पवित्र मधुर प्रेम’
प्रीतको अग्निले जलाएको घाउको
दुःखाउने खत बन्छ ।

दुई थोपा पानी
एक थोपा बनेर घोलिएको प्रवाह
कसरी
फरक भगालोमा बहन्छ ।

जब जलिरहेको हुनेछ
मेरो चिता
तिमी किनारमा बसेर
शंखको शोकधुनबाट तरङ्गीत
शोकाकूल संगीतको
परम आनन्दमा – एक्लै डुब्नु ।

 

वि.सं.२०७७ चैत ७ शनिवार ०६:२३ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...