
चैत ८, काठमाडौं । एमालेमा एक पछि अर्को सामानान्तर कमिटी बन्न थालेको छ । एमाले ब्यूँतिएसँगै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णयहरु गरेसँगै असन्तुष्ट बनेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले समानान्तर कमिटी बनाउन थालेको हो ।
६ चैतमा अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनाएको माधव–झलनाथ पक्षले पुनः युवा संघमा समानान्तर कमिटी बनाएको छ । शनिबार सम्पन्न माधव–झलनाथ पक्षीय युवा संघले सामानान्तर कमिटीको घोषणा गरेको हो ।
माधव–झलनाथ पक्षले नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी बनाएको छ । यता ओली पक्षले भने यसअघि नै बचनबहादुर सिंहको नेतृत्वमा युवा संघको पुर्नगठन गरेको थियो ।
गत फागुन २८ मा ओलीले आफुँ पक्षीय केन्द्रीय समितिको बैठक राख्दै विरोधीलाई कारबाही गर्ने निर्णय गरेसँगै माधव पक्षले समानान्तर कमिटी बनाउने घोषणा गरेको थियो । ओलीले स्थायी कमिटी, केन्द्रिय कमिटी, पदाधिकारी, प्रदेश कमिटीमा हेरफेर गरेका थिए ।
सम्बन्धित समाचारहरू