back
CTIZAN AD

महाराजगञ्ज–बूढानीलकण्ठ सडकमा खाल्डैखाल्डा, सर्वसाधारणको यात्रा कष्टकर

वि.सं.२०७७ चैत ८ आइतवार

774 

shares

८ चैत्र, काठमाडौं । विद्युत् प्राधिकरणले प्रसारण प्रणालीलाई भूमिगत गर्ने काम समयमा सम्पन्न नगर्दा महाराजगञ्ज आसपासका सडक खाल्डैखाल्डा भएका छन् । प्राधिकरणले दुई वर्ष पहिले प्रणाली भूमिगत गर्न शुरु गरे पनि अझैसम्म सम्पन्न नगर्दा सडकको अवस्था खराब भएको सडक विभागले जनाएको छ ।

सो सडक मर्मतका लागि अहिले ठेक्का प्रक्रिया अघि बढाइएको छ । ठेक्का सम्झौता हुने क्रममा रहेको डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले बताए । प्राधिरकरणले तार जमीनमुनि राखिसकेर सडक पुनःस्थापित गर्ने उनले बताए । प्राधिकरणले पहिले सम्झौतामा उल्लेख भएको समयमा पुनःस्थापना गर्न नसकेको उनले जानकारी दिए ।

उनले भने, “सम्झौताअनुसार काम नभएकाले सडकको अवस्था झन्झन् खराब भइरहेको छ ।” प्राधिकरणसँग सडक विभागले प्र्रत्येक सात÷सात दिनमा सडक खाल्डा टाल्ने भने पनि सात महीना नाँघ्दासमेत सम्झौताअनुसारको काम हुन नसकेको प्रमुख नेपालीले बताए ।
महीनौँदेखि खनिएका खाल्डा नटालिएकाले सवारीसाधन र यात्रुले कष्टकर यात्रा गर्नु परिरहेको उनले बताए । उनले भने, “प्राधिकरणले नगरे पनि सडक भएकाले सबैले हामीलाई नै प्रश्न सोध्ने गर्छन् ।”

गत आर्थिक वर्षमा झण्डै ४० किमी सडकमा मर्मत (ओभरले) गरेको डिभिजनले चालू आवमा झण्डै २० किमी सडकमा कालोपत्रको तयारी गरेको छ । डिभिजनले सडक मर्मतसँगै नयाँ सडकको निर्माणसमेत गर्दै आएको छ । निर्माण र मर्मत एकसाथ अघि बढाइरहे पनि अहिले महाराजगञ्ज–बूढानीलकण्ठ सडकका कारण नागरिकले डिभिजनसँग गुनासो गरिरहेका छन् ।

गत आवमा गौशाला–चाबहिल सडकका बारेमा धेरैले प्रश्न सोधिरहेका थिए । सयौँ वर्ष पुरानो पाइपको व्यवस्थापनमा लामो समय लागेकाले सो सडक निर्माणमा लामो समय लागेको थियो । चालू आवमा नागरिक र सरोकार राख्ने निकायले महाराजगञ्ज सडक ढिलाइका बारेमा प्रश्न उठाउने गरेका छन् ।
प्राधिकरणले दुई वर्ष पहिले ३० महीनामा सम्पन्न गर्ने गरी प्रसारण प्रणालीलाई भूमिगत गर्न शुरु गरेको थियो । यसका लागि प्राधिकरणले भारतीय कम्पनी केइआइ इन्डष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो । प्राधिकरणले काठमाडौँको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने लक्ष्यका साथ विसं २०७५ फागुन ६ गते ती कम्पनीलाई छनोट गरेको थियो ।

सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइएको छ । उक्त प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरिकाले नै पाइप हालिएको छ । ठाउँठाउँमा रहेका खाल्डाका कारण दुर्घटनाको जोखिमसमेत रहेको स्थानीयवासी बताउँछन् । रासस

वि.सं.२०७७ चैत ८ आइतवार १५:०७ मा प्रकाशित

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...