back
CTIZAN AD

जिपी फाउण्डेसन अमेरिका च्याप्टरले मनायो गिरिजा बावुको ११ औं स्मृति दिवस

वि.सं.२०७७ चैत ८ आइतवार

843 

shares

८ चैत्र, अमेरिका । नेपाली काँग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोईरालाको ११ औं स्मृती दिवसको पुण्य तिथिमा जिपी कोईराला फाउन्डेशन अमेरिकाको कार्यालय ज्याक्सन हाईट्स न्युयोर्कमा स्मृतीसभा सम्पन्न गरिएको छ । स्मृतीसभा बेलुका ६ बजे वाट ८ बजे सम्म सम्पन्न भएको फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए ।

फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरीगं राप्के लामा, कार्यसमिती सदस्यहरू ः रामचन्द्र अधिकारी, प्रेम क्षेत्री अधिकारी, राजेश आचार्य, ध्रुव कुँवर क्षेत्री, रेखा श्रेष्ठ, वरिष्ठ आधुनिक गायिका एवं पुर्व राजा बिरेन्द्र र पुर्व राजा ज्ञानेन्द्रको बाहुलियतवाट गोर्खा दक्षिणबाट विभुषित सपना श्री, नेपाली अमेरिकन कलाकार संघकी कार्यवाहक अध्यक्ष एवं वरिष्ट लोक गायिका निशा सुनार, वरिष्ट लोक गायिका संगीता थापा, समाजसेवि एंव न्युयोर्ककी महिला नेत्री मुना भण्डारी केसि लगायत विभिन्न महानुभावहरूको उपस्थितिमा सम्पन्न सो कार्यक्रमको शुरूवातमा स्व. कोईराला लगायत ज्ञात अज्ञात शहिदहरू प्रती १ मिनेट मौनधारण गरीगरीएको थियो। संस्थाका अध्यक्ष लगायत पदाधिकारीहरूले स्व कोईरालाको तस्वीरमा पुष्पार्पण एवं दीप प्रज्वलन गरी उनको ऐतिहासिक व्यक्तित्व एवं योगदानको स्मरण गरेका थिए ।

च्याप्टरका अध्यक्ष घिमिरेले ”गिरिजा बावुले प्रतिपाद गरेको सहमती, सहकार्य र एकताको भाव अहिले पनि उत्तिकै अपरिहार्य छ। देशमाआएको परिवर्तनमा स्व. गिरिजा प्रसाद कोईरालाको योग्दान उल्लेखनीय रहेको र वॅंहाकै नेतृत्व बाट नेपाल स्वर्णिम युगमा प्रबेश गरेको हो”, भन्ने विचार राखेका थिए । महासचिव छिरिगं राप्के लामाले,”देशमा शान्ति प्रक्रिया तथा लोकतन्त्रका लागि एक्लै लडेको, गिरिजा बावुको स्मरण केवल देश, विदेश, पार्टी मात्र नभईसबै जनताले सम्झिरहेका छन” भने ।

गिरिजा बावुकै महान बाणी “सहमती, सहकार्य र एकता” मा टेकेर कांग्रेस सहित अन्य दलहरुले पनि आगामी दिनमा राजनितिक संस्कारलाई अगाडी बढाउनु पर्दछ। उपाध्यक्ष सुवर्ण लामाले शियाकै एक साहसिक र निडर नेता, शान्तिका नायक श्र्देय नेता गिरिजा प्रसाद कोईरालावाट हामीले धेरै सिक्नु पर्ने बताए । कार्यसमिति सदस्य राम चन्द्र अधिकारीले गिरिजा बावुको जीवनी बारे प्रष्ट्याएका थिए ।

गिरिजा बावुको ११औ स्मृति दिवसको अवसरमा एनआरएनए एनसीसिसि अमेरिकाको २०२१/२०२३ कार्यकालको चुनाबको अध्यक्ष पदकाचार उम्मेदवारहरु क्रमशः डाक्टर अर्जुन बंजाडे, बुद्धि सागर सुवेदि, तिलक केसि र कृष्ण लामिछाने संग बहस दिउसो २ बजे वाट ४ बजे सम्म भएको थियो। उक्त बहस गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरले संचालन गर्दै आएको विदेशवाट बहसः विचार, विमर्श र निष्कर्षको श्रृखंला– ३५ थियो र यो बहसको अवधारणा गिरिजा प्रसाद कोईराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले ल्याएकी थिइन् ।

पुण्यतिथिमा नेपाल र नेपाली जनताको लागी राणाकालदेखी भारत प्रवासमा रहँदा पंचायतकाल र वहुदलीय व्यवस्था एवं गणतन्त्र स्थापनागर्दासम्म निरन्तर अथक योद्दाका रूपमा उनले पुर्याएको अतुलनीय योगदान र जीवनको उत्तरार्धमा नेपालमा माओवादी द्वन्द्ववाट १७ हजारभन्दा धेरै नेपालीजनले ज्यान गुमाएपछी देशलाई द्वन्दवाट शान्तीको मार्गमा स्थापित गराउन द्वन्दरत पक्षलाई वार्तामा ल्याई विस्तृत शान्ती सम्झौता समेत गराउन सफल उनको अतुलनीय भूमीका रहेको बारे विस्तृत चर्चा गरिएको थियो । अन्त्यमा चियापान कार्यक्रम भएको थियो । फाउण्डेशनकी कार्यसमिति सदस्य एवं टेस्ट अफ लाहोर रेस्टुरेन्टकी प्रोप्राईटर रेखा श्रेष्ठले चियापानलाई सहयोग गरेकी थिइन, फाउण्डेसनले श्रेष्ठलाई सहयोगको लागि आभार प्रकट गरेको छ ।

नेपाली राजनितिमा स्व. गिरिजा प्रसाद कोईराला लाई शिर्षनेता, युगपुरुष, शान्तीनायक, महानायक आदि उपनामले समेत पुकारिन्छ।

वि.सं.२०७७ चैत ८ आइतवार १८:०३ मा प्रकाशित

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...