back
CTIZAN AD

यहॉको शिक्षाले के नै गर्न सक्छ ?

वि.सं.२०७७ चैत ८ आइतवार

783 

shares

 नेताको पछि लागे जस्तो सुकै नियुक्ति पनि हात लाग्छ। बढी पढेका काम छैन भनेर नेताहरूलाई जिताएर जनताले सत्ता सुम्पिदै रमेकै छन्। नेताका पढाईको स्तर र सीपले देश बनेकै छ। विद्यार्थीका पढाईले तिनलाई रोजगारी पाईन्छ भन्ने पनि कुनै ग्यारेन्टी लिने कोही छैन । पाए विदेश हुईकिने भन्ने हो र यस्तो नेपाली शिक्षा त्यहॉ आँची पुछ्ने कागज जति पनि मान्यता छैन ।

नेपालमा उच्च शिक्षा हासिल गर्नु भनेको समय कटाउनु मात्र हो। कलेज जानु भनेको बेरोजगारी हटाउन केही वर्ष अल्मलाउने मेसो मात्र हो ।
कलेज जानेका ९५ प्रतिशत शिक्षा आउटडेटेड, गुणस्तरहिन, अवैज्ञानिक र निरस, देशकाल, परिस्थिति र विश्व परिवेश तथा माग अनुकूल पनि छैनन् । उर्जाशील ५÷६ वर्ष अवधिको जीवन बर्वादी हो ।

यहॉका अधिकाँश विद्यार्थीहरू दलका आगो फुक्न काम लाग्ने ढुंग्रा मात्र हुन् । अहिले यस्तो शिक्षा पढेर ठूलो मान्छे बनिन्छ भन्ने पनि छैन । ८ पासे, १० भए ठूलै पद र पावरमा पुगिन्छ। नेताको पछि लागे जस्तो सुकै नियुक्ति पनि हात लाग्छ। बढी पढेका काम छैन भनेर नेताहरूलाई जिताएर जनताले सत्ता सुम्पिदै रमेकै छन्। नेताका पढाईको स्तर र सीपले देश बनेकै छ। विद्यार्थीका पढाईले तिनलाई रोजगारी पाईन्छ भन्ने पनि कुनै ग्यारेन्टी लिने कोही छैन । पाए विदेश हुईकिने भन्ने हो र यस्तो नेपाली शिक्षा त्यहॉ आँची पुछ्ने कागज जति पनि मान्यता छैन ।

कठै ! न चरित्र, न ज्ञान, न सीप, न कला, न साहित्य, न भाषा, न ईतिहास, न भूगोल, न अध्यात्म, न संस्कार, न संस्कृति, न विज्ञान प्रविधि, न खगोल, न मानवताको ज्ञानमा कुनै दख्खल छ। अनि यस्तो शिक्षा दिन मैले पढाउछु भन्ने शिक्षकहरूको फुईँ बकवास र बकबक हो, तिनका भट्याई फट्याई र पेट पाल्ने मेसो हो।

यस्तो यहॉको शिक्षाले के नै गर्न सक्छ ? अनि मुलुक अगाडि बढ्छ ? ८ पास वा १० पास गरे मनग्यै पुग्छ। त्यति पढे एक्कासौँ शताब्दीको एक्काईसौँ सालमा पुगेर पनि राष्ट्रपति, प्रम, अर्थ मन्त्री, परराष्ट्रमन्त्री भईहालिन्छ। अनि कसैले बेकारमा वर्षौँ पढेर जीवन बर्बाद किन गरेका होलान् ! केही वर्ष युवा बेरोजगारीको समस्या समाधान गर्न अल्मलिएकै हैनन् र ?

वि.सं.२०७७ चैत ८ आइतवार १८:१४ मा प्रकाशित

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष  नियुक्त

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व स्वास्थ्य विज्ञ...

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

नेपाल सनातनी कालदेखि नै कृषिप्रधान मुलुकका रूपमा परिचित छ ।...