९ चैत्र, काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्थको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
लघुवित्तले सभा प्रयोजनका लागि चैत १० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । लघुवित्तले वार्षिक साधारण सभाका लागि चैत २५ गते बोलाएको छ ।
वि.सं.२०७७ चैत ९ सोमवार १२:१५ मा प्रकाशित






























