
१० चैत, काठमाडौँ । न्यूजिल्याण्ड र बंग्लादेश बिच ओवलमा भएको दोस्रो एकदिवसीयमा न्यूजिल्याण्ड ५ विकेटले विजयी भएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको बंग्लादेशले ५० ओभरमा ६ विकेट गुमाएर २७१ रन बनाएको थियो । बंग्लादेशका लागि ब्याटिङ्गमा तमीम इकबालले सर्वाधिक ७८ रन बनाएका थिए भने न्यूजिल्याण्डका लागि बलिङ्गमा मिचल श्यान्टनरले सर्वाधिक २ विकेट लिएका थिए ।
बंग्लादेशले दिएको २७२ रनको लक्ष्य न्यूजिल्याण्डले ४८.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । न्यूजिल्याण्डका लागि कप्तान टम लेथनले सतकीय पारी खेलेका थिए । उनी १०८ बलमा ११० रन बनाएर नटआउट रहदैँ टिमलाई जित दिलाएका थिए । त्यसैगरी उनीसँगै डेवन कोन्वेले पनि ७२ रनको महत्वपूर्ण परी खेलेका थिए । बंग्लादेशका लागि बलिङ्गमा भने मेहेदी हशन र मुस्तफिजुर रहमानले २/२ विकेट लिएका थिए ।
जितसँगै न्यूजिल्याण्डले १ खेल बाँकी रहदैँ एकदिवसीय श्रृखला आफ्नो नाममा गरेको छ ।