back
CTIZAN AD

पठाओ चालकलाई कम्पनीको ज्याकेट र ट्राउजर लगाउन प्रतिबन्ध

वि.सं.२०७७ चैत १० मंगलवार

810 

shares

१० चैत्र, काठमाडौं । अफलाइन ट्रिप गर्दै आएको पठाओ राइडर(चालक)लाई कम्पनीको ज्याकेट र ट्राउजर लगाउन प्रतिबन्ध गरिएको छ ।

पठाओले प्रेस विज्ञप्ति जारी गर्दै राइडरलाई प्रोटेक्टिभ गेयर (ज्याकेट र ट्राउजसहितको कपडा) लगाउन नपाउने जनाएको हो ।

पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातद्वारा जारी विज्ञप्तिमा पठाओ नेपालले राइडर र यात्रीहरूको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीसँगको समन्वयमा यस्तो निर्णय गरेको जनाइएको छ ।

कोरोना कहरमा जारी गरिएको स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओले चालक र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै प्रोटेक्टिभ गेयर अनिवार्य गरिएको भए पनि पछिल्लो समयमा पठाओ सेवालाई व्यवस्थित गर्ने क्रममा सरकारी निकायसँगको छलफल पछि अर्को सूचना नआएसम्म पठाओको लोगो या ब्रान्ड झल्काउने कुने पनि कपडा लगाउन नपाइने बताइएको छ ।

कम्पनीको यो सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारवाही समेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेबार नहुने समेत विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७७ चैत १० मंगलवार १९:०९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...