back
CTIZAN AD

लहानमा महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न शुरु

वि.सं.२०७७ चैत १२ बिहीवार

549 

shares

१२ चैत्र, लहान । सिरहा जिल्लाको लहान नगरपालिकास्थित नेपाल खानेपानी संस्थान लहानले महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न शुरुवात गरेको छ ।

धाराको पानी उपभोग गर्ने तर महसुल नतिर्ने परिपाटी अन्त्य गर्न सो कार्य शुरु गरेको हो । संस्थानले ग्राहकबाट रु ७५ लाख ६८ हजार ९६९ बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ । एउटै ग्राहकबाट रु एक लाखसम्म बक्यौता उठाउन बाँकी रहेको जनाइएको छ । बक्यौता धेरै बाँकी रहेकाले आपूर्ति बन्द गरेर बक्यौता असुल गर्ने योजना बनाइएको संस्थान लहानका प्रमुख शिरिष राजभण्डारीले जानकारी दिए ।

संस्थानका अनुसार केशव कोइराला, वीरेन्द्रप्रसाद यादव र जिवछ महतोबाट रु एक लाखभन्दा बढी बक्यौता उठाउन बाँकी छ । यस्तै पूर्व उपसभामुख चित्रलेखा यादवबाट रु ४० हजार, दामोदर उपाध्यायबाट रु ७० हजार, नेवकीबती चौधरीबाट रु ७५ हजार, परशुराम चौधरीबाट रु ४३ हजार, एकलाश कुमारी यादवबाट रु ५४ हजार, मोहनदास तत्माबाट रु ५७ हजार बक्यौता रहेको उनले जानकारी दिए ।

त्यस्तै सडक विभाग लहानबाट रु ४२ हजार, लहानस्थित यान्त्रिक कार्यालयबाट रु १३ हजार र लहान नगरपालिकाबाट रु १३ हजार बक्यौता उठाउन बाँकी रहेको छ । पछिल्लो समय महसुल नबुझाउने प्रवृत्ति बढ्दै गएको जनाइएको छ ।

वि.सं.२०७७ चैत १२ बिहीवार १४:१३ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...