१५ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार १०१ नमुना परीक्षणमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका ८९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७६ हजार ८३९ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ९५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७२ हजार ५३० पुगेको छ । निको हुनेको यो दर ९८.४ प्रतिशत हो ।
त्यस्तै पछिल्लणे २४ घण्टामा संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २७ रहेको छ ।
त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या १२८२ रहेको छ भने क्वारेन्टिनमा रहनेको संख्या ५७ रहेको छ ।
त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २२ लाख ६१ हजार १४६ कोरोनाका नमुना परीक्षण गरिएको छ ।
वि.सं.२०७७ चैत १५ आइतवार १८:३३ मा प्रकाशित






























