१६ चैत, काठमाडौं । सरकारले थारु कल्याणकारी सभासँग वार्ता गर्नका लागि गृहमन्त्री राम बहादुर थापा बादलको संयोजकत्वमा गठन गरेको छ ।
संचारमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार थारु कल्याणकारी सभा, थारुवान संघर्षसमिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्नका लागि सरकारले वार्ता समिति गठन गरेको हो ।
उक्त सभाले थुनामा रहेका रेशम चौधरीलाई रिहाइको मागसहित १९ बुँदे माग राखेको हो ।
प्रवक्ता गुरुङले आजदेखि नै सम्बन्धीत सभासँग वार्ताको थालनी गर्ने जानकारी दिएका छन् । साथै वार्ता समितिमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसभासद् भगवती चौधरी पनि रहेका छन् ।