back
CTIZAN AD

ISBN नम्बर कसरी लिने ?(हेर्नुस् प्रक्रिया)

वि.सं.२०७७ चैत १७ मंगलवार

2.5K 

shares

१ ) पुस्तक छापिनुपूर्व नै ISBN लिनुपर्नेछ ।
२) त्रि.वि। केन्द्रीय पुस्तकालयको वेबसाइट www.tucl.org.np मा गई पहिलोपटक ISBN लिदा ISBN मा Click गरी Create an Account गर्नु पर्दछ । जसबाट login गर्नेको लागि User Name र Password उपलब्ध हुन्छ ।
३) राप्त User Name र Password बाट Login गरी फाराम भर्नु पर्नेछ ।
४) अनलाइन फाराममा स्पष्टसँग पुस्तकको शीर्षक, लेखकको नाम, प्रकाशकको नाम, पृष्ठसंख्या, मुल्य, सम्पर्क ठेगाना तथा फोन नम्बर अनिवार्य रुपमा हुनुपर्नेछ ।
५) हरेक संस्करणको (कुनै पनि किसिमको संशोधन वा थपघट गरिएको भए) हरेक पटक अलग ISBN लिनुपर्नेछ ।
६) पुस्तक प्रकाशन पश्चात् ISBN Depository संकलनका लागि हरेक ISBN वापत २–२ (दुई–दुई) प्रति पुस्तक यस ISBN शाखामा बुझाउनु पर्नेछ ।
७) Multi-Volume Set पुस्तक भए पुरै सेटको लागि एक र हरेक भोलुमको भिन्नाभिन्नै ISBN लिनुपर्नेछ ।
८) हार्डकभर र सफ्टकभर गरी दुई वाह्य आवरणमा प्रकाशन हुने भए अलग–अलग ISBN लिनुपर्नेछ ।
९) पुस्तकमा शीर्षकपृष्ठ तथा कपिराइट पृष्ठ (प्रतिलिपि अधिकार पृष्ठ) अलग्गै राखिएको हुनुपर्नेछ ।
१०) गाइडबुक, प्रश्नोत्तर र अभ्यास पुस्तकलाई ISBN प्रदान गरिने छैन ।
११) ISBN सामान्यतया फाराम बुझाएकै दिन उपलब्ध हुनेछ ।
१२) ISBN वापत लाग्ने शुल्क रु.३००।– (तीनसय) त्रि.वि. केन्द्रीय पुस्तकालय (T.U. Central Library)  को नाममा रहेको नेपाल वैंक लिमिटेड, कीर्तिपुरको खाता नं. ०४५००१०००९९१५३०००००१  मा दाखिला गरी बैंक भौचर वा अनलाइनबाट शुल्क दाखिला गरेको प्रमाण फारममा सङ्लग्न गर्नु पर्नेछ ।
१३) बैंक भौचर वा अनलाइनबाट शुल्क दाखिला गरेको पर्चीमा अनिवार्य रूपमा किताबको शीर्षक र लेखकको नाम लेख्नु हनु अनुरोध गर्दछौँ। सो बैंक भौचर तथा शुल्क दाखिला गरेको पर्चीको स्क्यान गरिएको फोटो प्रमाण फारममा सङ्लग्न गर्नु पर्नेछ।
१४) यदि प्रकाशक संस्था भएमा कम्पनीको दर्ता प्रमाणपत्र ईमेल मार्फत tucl.isbn@gmail.com मा अनिवार्य रूपमा पठाउनु पर्नेछ त्रि.वि. केन्द्रीय पुस्तकालले जनाएको छ ।

Source : http://www.tucl.org.np/

वि.सं.२०७७ चैत १७ मंगलवार १२:४९ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...