१७ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता कार्यकर्ताका लागि अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।
अध्यक्ष ओली हस्ताक्षरित २० पन्ने अन्तरपार्टी निर्देशनमा पछिल्लो अवस्थामा परिवर्तित पार्टीभित्रका विषयका बारेमा उल्लेख गरिएको छ ।
सोहि निर्देशनमा पार्टीको १० औं राष्ट्रिय महाधिबेशन आयोजक कमिटीका पदाधिकारी तथा सदस्यहरुसहितको २ सय ६४ जनाको नामावली समेत सार्वजनिक गरिएको छ ।
त्यस्तै पार्टीको कार्य विभाजन गदै सातै प्रदेशमा इन्चार्ज समेत तोकिएको छ ।
जसमा प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वागमती प्रदेशमा राम बहादुर थापा, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णाली प्रदेशमा यामलाल कंडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज तोकिएका हुन् ।