back

राज्यसत्ताको दुरुपयोग गरी तानाशाही लादेको भन्दै एमालेका ११ नेताको आयो यस्तो वक्तव्य

वि.सं.२०७७ चैत १७ मंगलवार

147 

shares
NTC AD
Global IME AD

१७ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल एवं उपाध्यक्ष भिम रावललाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने केपी ओलीको निर्णयलाई खारेज गर्दै एमालेका ११ नेताले संयुक्त वक्तव्य निकालेका छन् ।

माधव समुहको मंगलबार बसेको स्थायी कमिटीको बैठक लगत्तै जारी वक्तव्यमा केपी शर्मा ओलीबाट भएका देश, जनता र पार्टीको हित विपरितका क्रियाकलापका विरुद्ध तथा पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापुर्वक एकताबद्ध रुपमा संगठित भई देशव्यापी रुपमा सक्रिय हुन आव्हान समेत गरिएको छ ।

वक्तव्य जारी गर्नेहरुमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भिम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव भिम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई तथा स्थायी समिति सदस्यहरु मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डे रहेका छन् ।

उनीहरुद्धारा जारी वक्तव्यमा भनिएको छ–पद र शक्ति प्राप्त भएपछि केपी शर्मा ओलीबाट निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पुर्याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पुर्याउने एवं भ्रष्टाचार र अनियमित कार्यहरुको चांग लागेको बताइएको छ ।

यस्तो छ वक्तव्यको पुर्णपाठ

वि.सं.२०७७ चैत १७ मंगलवार १७:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...