back
CTIZAN AD

कोरिडोरको सवारी व्यवस्थापनका लागि ट्राफिकले खटायो ‘सिएमटी’

वि.सं.२०७७ चैत १८ बुधवार

747 

shares

१८ चैत्र, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडोरका सडकमा सवारी आवागमन व्यवस्थापनका लागि आजदेखि छुट्टै ट्राफिक टोली परिचालन गरेको छ । कोरिडोर क्षेत्रका सडक प्रयोग बढाउँदै मुख्य सडक क्षेत्रमा जाम कम गर्ने लक्ष्यसहित ‘कोरिडोर म्यानेजमेन्ट टिम’ (सिएमटी) परिचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले जानकारी दिए ।

महाशाखाले बुधबार एक समारोहबीच उक्त टोलीलाई ट्राफिक ज्याकेट हस्तान्तरण गर्दै तोकिएको क्षेत्रमा खटिने गरी परिचालन गरेको छ । कोरिडोरको ट्राफिक व्यवस्थापन १५ समूहमा ३० जना प्रहरी खटाइएको छ । कोरिडोर सडक प्रयोग बढाउँदा मुख्य रुटमा सवारीसाधनको चाप कम हुने हुँदा जाम घट्ने आशा लिइएको भट्टराईले बताए ।

पछिल्ला समयमा ट्राफिक व्यवस्थापन फितलो बन्दै गएको जनगुनासो बढ्दै गएको छ । यसअघि सञ्चालन भएका कतिपय ट्रापिक सम्बन्धीका कार्यक्रम रोकिएका छन् भने विगतकै अभियानको निरन्तरतास्वरुप बेलाबेलामा स्वयंसेवक परिचालन गरिएको बाहेक नयाँ कार्यक्रम खासै देखिएको छैन ।

यद्यपि आज भने महाशाखाले कोरिडोर व्यवस्थापन समूह खटाएर एउटा नयाँ कार्यक्रमको थालनी गरेको छ । महाशाखा प्रमुख भट्टराईले उक्त समूहले कोरिडोरमा नखुलेको बाटो खुलाउने, अव्यवस्थितलाई व्यवस्थित बनाउने र आवागमन सहज बनाउनमा ती प्रहरीको जिम्मेवारी रहने जानकारी दिनुभयो । उपत्यकाको मुख्य कोरिडोर क्षेत्र विष्णुमति, वाग्मती, धोबिखोला र मनोहराको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन उक्त योजना लागू गरेको हो । खटिएका ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा मोटरसाइकलसमेत प्रयोग गर्नसक्ने छन् ।

महाशाखाले कोरिडोर सडकमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटना क्षेत्रमा छिटो ट्राफिक परिचालन तथा अव्यवस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यसहित छुट्टै डेडिकेटेड टिम परिचालन गरेको जनाइएको छ । समूहले सवारी चालकलाई आफ्नो गन्तव्यसम्म पुग्न छोटो र सहज तरिकाले कोरिडोर सडक प्रयोग गर्न प्रोत्साहनसमेत गर्नेछ । करिडोर सडकको प्रयोगले मुख्य सडकमा हुने सवारी चापमा कमी ल्याउनुको साथै सवारी आवागमन तथा ट्राफिक व्यवस्थापनमा समेत सहजता प्रदान हुने अपेक्षा गरिएको छ ।

उक्त समूहले तोकिएको इलाकामा निरन्तर अनुगमन गरी सवारी आवागमनमा सहज बनाइ कोरिडोर सडक नियमित गर्ने, पुल तथा क्रसिङमा हुने चापरक्यूलाई व्यवस्थापन गर्ने र जथाभावी पार्किङ गर्ने प्रवृत्तिलाई निरूत्साहित गरी कोरिडोर सडक प्रयोग गर्ने परिपाटीको विकास गर्न भूमिका खेल्ने छन् ।

वि.सं.२०७७ चैत १८ बुधवार १६:१९ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...