back
CTIZAN AD

बैदेशिक रोजगारमा जाने कामदारलाई नक्कली वायोमेट्रिक प्रयोग नगर्न विभागको अनुरोध

वि.सं.२०७७ चैत १८ बुधवार

750 

shares

१८ चैत, काठमाडौं । बैदेशिक रोजगार विभागले विदेश जाने नेपाली कामदारले नक्कली वायो मेट्रिक प्रयोग नगर्न भन्दै सचेत गराएको छ ।

वैदेशिक रोजगारमा जानुपूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम लिनुपर्ने स्पष्ट व्यवस्था रहेको र अभिमुखीकरण तालिम दिने संस्थाले तोकिएको सम्बन्धीत व्यक्तिको बायोमेट्रिक हाजिर गराइ बैदेशिक रोजगार बोर्डले स्वीकृत गरेको पाठ्यक्रम अनुसार तालिम दिइ हाजिर विवरण पठाउने व्यवस्था रहेको छ । तर, पछिल्लो समय तालिम नलिई प्रमाणपत्र लिने÷दिने गरिएको, तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिर रेर्कड गराएको हुनाले विभागले कामदारको वायोमेट्रिक स्वयम्् व्यक्तिको उपस्थितिमा म्याच गराउँदा आधिकारिक नभएको भन्दै सचेत गराएको हो ।

यस्तो अवस्थामा बैदेशिक रोजगारमा जाने कामदारलाई विभिन्न असर पर्ने विभागले जनाएको छ ।

विभागका अनुसार नक्कली वायोमेट्रिक प्रयोग गर्दा इन्स्योरेन्स तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट बन्चित हुन सक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकृति प्राप्त गर्न कठिन हुने तथा गन्तव्य मुलुक सम्बन्धी जानकारी, बैदेशिक रोजगार सम्बन्धी कानुन तथा अन्य आवस्यक कानुन सम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हक अधिकारका विषयबाट समेत बन्चित हुनेमा पनि विभागले सचेत गराएको छ ।

CCI03312021.jpg

वि.सं.२०७७ चैत १८ बुधवार १७:०१ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...