back
CTIZAN AD

पहिले सूचना चुहाएर पछि सेयर कारोबार ?

वि.सं.२०७७ चैत १९ बिहीवार

675 

shares

१९ चैत, काठमाडौं । सेयर बजारमा सोमबार अजोड इन्स्योरेन्सको सेयर ठूलो परिणाममा किनबेच भयो । त्यसको भोलिपल्ट मंगलबामर मात्र कम्पनीले साधारणसभाको मिति तानेक्नुका साथै सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने घोषणाको सूचना निकाल्यो ।

उक्त सूचना अघिल्लो दिनै पाएपछि केही लगानीकर्ताले अजोडको सेयर कारोबार गरे । सोमबार उक्त कम्पनीको ८ करोड ९५ लाख ६७ हजार रुपैयाँ बराबारको कुल १ लाख १७ हजार ५ सय ६६ कित्ता सेयर कारोबार भएको थियो ।

उक्त दिनको कुल कारोबार मध्ये करिब ४० प्रतिशत अर्थात् ४७ हजार ३८ कित्ता सेयर ब्रोकर नम्बर ३४ बाट कारोबार भएको छ । त्यसपछिको धेरै कारोबार ब्रोकर नम्बर ५० बाट भएको देखिन्छ । उक्त कम्पनीबाट ११ हजार २ सय १९ कित्ता सेयर किनबेच भयो । ब्रोकर नम्बर ३३ बाट पनि १० हजार ८ सय ४० कित्ता सेयर किनबेच भएको छ । ब्रोकर नम्बर ५० र ३३ बाट भएको कारोबार उक्त दिन अजोडको इन्स्योरेन्सको कुल सेयर कारोबारको करिब १०/१० प्रतिशत हो । सोमबार यो कम्पनीको धेरै सेयर कुमारी बैंक र कुमारी क्यापिटलले खरिद गरेको देखिन्छ ।

यस्तो कारोबारलाई भित्रि कारोबार (इन्साइडर ट्रेडिङ) भनिन्छ । कानुनले यस्तो कारोबारलाई बन्चित गरेको छ । तर, नियामक निकाय धितोपत्र कोर्ड र फ्रन्टलाइन रेगुलेटर नेप्सेले प्रभावकारी नियमन गर्न नसक्दा यस्तो कारोबार मौलाएको पनि बिहीबारको कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७७ चैत १९ बिहीवार ०९:०५ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...