back
CTIZAN AD

कालिमाटीमा अब किसानले आफै तरकारी बेच्न पाउने,किसानका लागि १२ वटा सटरको व्यवस्था

वि.सं.२०७७ चैत २० शुक्रवार

1.1K 

shares

२० चैत, काठमाडौं । कालिमाटी तरकारी बजारमा अब किसानले आफै तरकारी बेच्न पाउने भएका छन् । सरकारी स्वामित्वमा रहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको स्टलमा किसानले आफ्ना तरकारी बेच्न नपाएको गुनासो गरेपछि पहिलोपटक किसानका लागि १२ वटा स्टलको व्यवस्था गरिएको हो ।

समितिले किसानका लागि १२ वटा स्टल व्यवस्था गरेपछि किसानले बुधबारदेखि स्टलमा राखेर तरकारी बेच्न थालेका हुन् ।

समितिका कार्यकारी निर्देशक विनोद कुमार भट्टराईले किसानले उत्पादन गरेको तरकारी सिधै कालिमाटी ल्याएर विक्रि गर्ने सक्ने बताउँछन् । ‘बजारको तह घटाउन किसानको लागि स्टलरको व्यवस्था मिलाएका हौं ।’ शुक्रबारको नागरिक दैनिकमा समाचार छ ।

विचौलियाका कारण किसानले उचित मूल्य नपाएको र उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको गुनासो रहेको बेला समितिले दुई दिनको लागि परीक्षणस्वरुप निःशुल्क स्टलको व्यवस्था गरेको भट्टराई बताउँछन् । किसानले न्यूनतम् दुईटन तरकारी ल्याउनुपर्नेछ । थोरै स्टल भएकाले पहिलो आउने किसानले स्टल पाउनेछन् । बेलुका ७ बजे ल्याएर तरकाी राखेमा किसानले भोलीपल्ट दिउँसो ४ बजेसम्म स्टलबाट तरकारी विक्रि गर्नुपर्नेछ ।

समितिका अनुसार किसानले २ सय टन तरकारी होल्ड गरेर विक्रि गर्दा पाँचसय रुपैयाँ तिर्नुपर्नेछ । स्टलमा सामान राखेबापत किलोको २० रुपैयाँ तिर्नुपर्छ । किसानले बारीबाट सिधै कालिमाटी ल्याएर बेच्दा बजारको तह घट्ने भट्टराई बताउँछन् । ‘खेतबारीबाट सिधै बजारमा आउने भएकाmले विचौलिया प्रवृत्ति घट्छ ।’ उनले भने ।

वि.सं.२०७७ चैत २० शुक्रवार ०९:०६ मा प्रकाशित

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो...

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध...