
२० चैत, काठमाडौं । हाल देशैभरी स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ ।
मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका पहाडि भू–भागमा आशिंक देखि सामान्य बदली रहनुका साथै एक÷दुई स्थानमा मेघगर्जन\चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम १३.६ डिग्री रहेको छ भने अधिकतम तापक्रम २७ डिग्री रहने अनुमान गरिएको छ । साथै आज भैरहवा, जनकपुर र सिमराको अधिकतम तापक्रम ३४ डिग्री रहनेछ ।