२० चैत्र, काठमाडौ । चालु आर्थिक वर्षका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ४२५० बिद्यालय छनौटमा परेका छन् ।
जसले जम्मा ५ अरब ६ करोड ५० लाख रकम पाउनेछन् ।
छनौटमा परेका विद्यालयहरुको विवरण सार्वजनिक गर्दै बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र विद्यालय शिक्षाको शैक्षिक उन्नयनमा यो कार्यक्रम ऐतिहासिक हुने विचार व्यक्त गरे
साथै उनले स्वीकृत कार्यक्रम कार्यान्वयन प्रारम्भ गरी निर्धारित समयमै तोकिएको विधि र प्रक्रिया पुरा गरी सम्पन्न गर्ने व्यवस्था मिलाउन निर्देशन समेत दिएका छन् ।