back
CTIZAN AD

काममा लगाइदिने भन्दै होटलमा लगेर जवरजस्ती यौनधन्दा गराउने पाँच पक्राउ

वि.सं.२०७७ चैत २० शुक्रवार

684 

shares

२० चैत, काठमाडौं । काठमाडौंमै काममा लगाइदिने भन्दै किशोरीहरुलाई जर्वजस्ती यौनधन्दामा लगाउने गरेको पाइएको छ ।

मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा प्रहरीले बुधबार ५ जनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो धन्दाका बारेमा खुलेको हो ।

प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ का २४ वर्षीय सरगम भन्ने श्याम कुमार भट्टराई, सिन्धुली ग्याङ्ग्ले गाउँपालिका–३ की १९ वर्षीया मसेली भन्ने सुहाना तामाङ, नुवाकोट सूर्यगढी गाउँपालिका–४ की ३१ वर्षीया मुना थापा मगर, काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुंगेल र काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–१ गागालफेदी बस्ने ४७ वर्षीय राज कुमार सुनारलाई पक्राउ गरेको हो ।

पीडितका अभिभावकले आफ्नो छोरीलाई चैत १२ गते लिएर गएकी सुहाना तामाङले श्याम कुमार भट्टराईसँग मिलेर काठमाडौं माकलबारीमा फ्ल्याटमा राखी त्यहाँबाट होटलमा पु¥याई ग्राहकसँग जवरजस्ती करणी गर्न लगाएको भन्ने जाहेरी दिएका थिए ।

उक्त जाहेरी परेपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरु २ जनालाई पक्राउ गरेको तथा थप अनुसन्धानको क्रममा पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजल होटलमा बालिकालाई जबरजस्ती करणी भएको खुल्न आएपछि होटल संचालक प्रकाश ढुंगेल र मुना थापा मगर तथा जबरजस्ती करणी गर्ने राज कुमार सुनारलाई समेत बुधबार प्रहरीले पक्राउ गरेको हो ।

सुहानाले युवतीहरुलाई काम लगाई दिने प्रलोभनमा पारी श्याम कुमारको सम्पर्कमा पु¥याउने र श्याम कुमारले विभिन्न प्रलोभनमा पारी होटलमा पठाई जबरजस्ती करणी गर्न बाध्य बनाउने तथा नमानेमा धाकधम्की दिई भाग्न उम्किन नदिई उक्त फ्ल्याटमा राख्ने गरेको र सोही क्रममा पीडित मध्येकी १६ वर्षीया किशोरी भाग्न सफल भई अभिभावकको सम्पर्कमा पुगेपछि घटनाका बारेमा खुलेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

 

 

वि.सं.२०७७ चैत २० शुक्रवार ०९:३५ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...