back
CTIZAN AD

भारतमा कोरोनाको कहरः २४ घण्टामै थपिए ८१ हजार बढी संक्रमित, ४६८ जनाको निधन

वि.सं.२०७७ चैत २० शुक्रवार

564 

shares

२० चैत, काठमाडौं । गतवर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको प्रभाव एकवर्ष वितिसक्दा पनि केही देशमा भयावहको रुपमा नै फैलिइरहेको छ । पछिल्लो दिनमा युरोप, अमेरिका तथा भारत लगायतका देशमा यो घट्ला भन्दा झन बढिरहेको तथ्यांक सार्वजनिक भएका छन् । फान्स लगायतका केही देशमा लकडाउनको घोषणा समेत गरिएका छन् ।

त्यस्तै छिमेकी मुलक देश भारतमा कोरोनाको प्रभावज घट्ला भन्दा बढीरहेको छ । भारतमा २४ घण्टामा ८१ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

भारतका विभिन्न राज्यमा विहीबार मात्रै ८१ हजार ३९८ जनामा कोरोना संक्रमण भएको छ भने ४६८ जनाको निधन भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो तथ्यांक अक्टोबर यताकै सबैभन्दा बढी हो । अक्टोबरमा १ मा ८१ हजार ७८५ जनामा संक्रमण भएकोमा विहीबार ८१ हजार ७८५ मा संक्रमण भएको हो । एकैदिन संक्रमति हुने यो संख्या ६ महिनायताकै बढी रहेको बताइएको छ ।

हालसम्म १ करोड २३ लाख संक्रमित, १ लाख ६३ हजारको निधन
भारतमा हालसम्म १ करोड २३ लाख व्यक्ति कोरोना संक्रमित भइसकेका छन् । जसमा १ करोड १५ लाख निको भइसकेका छन् भने १ लाख ६३ हजारले कोरोना संक्रमणबाट ज्यान गुमाएको कोभिड १९ इण्डिया डट ओआरजीले जनाएको छ ।

कुन राज्यमा बढ्दो छ त संक्रमण
भारतमा पछिल्लो अवस्थामा महाराष्ट्र राज्यमा सबैभन्दा बढी संक्रमित हुनेको संख्या बढीरहेको छ । त्यहाँ विहिबार मात्रै ४० हजार बढी संक्रमित भएका छन् । त्यहाँ बिहीबार ४३ हजार १८३ जना संक्रमित थपिएका हुन् भने २४९ जनाको निधन भएको छ । साथै ३२ हजार ६४१ संक्रमित निको भएको तथ्यांक रहेको छ ।

भारतीय संचारमाध्यमका अनुसार महाराष्ट्रमा मात्रै संक्रमित हुनेको संख्या २८ लाख ५६ हजार रहेको छ । जसमा २४ लाख ३३ हजार निको भइसकेका छन् भने त्यहाँ हालसम्म ५४ हजार ८९८ जनाको निधन भइसकेको छ ।
महाराष्ट्रमा हाल ३ लाख ६६ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

त्यस्तै विहिबार पन्जाब राज्यमा ३ हजार १६१ संक्रमित हुनुका साथै ५८ जनाको निधन भएको छ । त्यहाँ हालसम्म २ लाख ४२ हजारमा संक्रमण भइसकेको छ भने २ लाख ११ हजार निको भइसकेका छन् । पन्जाबमा २४ हजार ६४४ जना सक्रिय संक्रमित रहेका छन् भने ६ हजार ९२६ जनाको निधन भएको तथ्यांक रहेको छ ।

त्यस्तै दिल्लीमा विहिबार २ हजार ७९० जनामा संक्रमण भएको छ भने ९ जनाको निधन भएको छ । दिल्लीमा हालसम्म ६ लाख ६५ हजार संक्रमित भएका छन् भने ६ लाख ४३ हजार निको भइसकेका छन् । त्यहाँ हाल १० हजार ४९८ सक्रिय संक्रमित रहेका छन् भने ११ हजार ३६ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै मध्ये प्रदेशमा विहिबार २ हजार ५४६ जना संक्रमित, १२ जनाको निधन भएको छ भने गुजरातमा २ हजार ४१० संक्रमित र ९ जनाको निधन भएको छ । साथै राजस्थानमा १ हजार ३५० संक्रमित थपिएका छन् भने ४ जनाको निधन भएको तथ्यांक रहेको छ ।

वि.सं.२०७७ चैत २० शुक्रवार १०:३८ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...