back
CTIZAN AD

बडिगाडमा बम विस्फोट हुँदा एकको मृत्यु

वि.सं.२०७७ चैत २० शुक्रवार

573 

shares

२० चैत, गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बागलुङले जनाएको छ । गम्भीर घाइते गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२ सिमलचौर बस्ने ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बाटोमै बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।

विष्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका–२, हाडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ । स्थानीयवासी दुर्गाबहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा एक्कासि विष्फोट हुँदा दुई जना बिहीबार दिउँसो गम्भीर घाइते भएका थिए ।
रासस

वि.सं.२०७७ चैत २० शुक्रवार १०:४४ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

म्याग्दी (बेनी) । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) मा उत्कृष्ट हुने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...