
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अस्वस्थता अनुभूति हुनेछ । तर, जिम्मेवारी भने बढ्नेछ। सानातिना काममै अल्झनुपर्ला । अरूका काममै समय बिताउनुपर्ला । समयमा काम पूरा नहुनाले खिन्नता बढ्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्ममा त्यत्ति समय दिन नसकिएला। सेवामूलक काममा पनि अवरोध आउला। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आस मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा तत्परता देखाउन सक्छन् । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ । कठिन चुनौती सामना गर्नुपर्ला ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । यात्रामा केही समस्या आउलान् । अलि बाध्यताका काममा जुट्नुपर्ने योग छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ । आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यापार तथा आर्थिक कारोबारमा राम्रै फाइदाको योग छ । अधिकार संरक्षण गर्न जुट्नुपर्ने समय छ। केही प्रतिस्पर्धा हुन सक्छ । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । प्रतिस्पर्धीलाई सजिलै उछिन्ने मौका छ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । शत्रु र रोगबाट छुटकारा पाइएला। मुद्दा–मामिलामा पनि विजयी भइनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । काममा अवरोध पुर्याउनेहरू सक्रिय हुनेछन् । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ला । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मान्यजनसँग असमझदारी बढ्न सक्छ । विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको सुझाव अप्रिय लाग्नेछ । आफूबाट गलत निर्णय हुनेछ । धोकामा परिएला । महत्वाकांक्षी योजना गोप्य राख्दा फाइदा हुनेछ। काममा परिवारजनको सहयोग र मातृशक्तिको राय–सुझावबाट लाभ उठाउन सकिनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ मिल्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सहयोगीहरूले साथ दिनेछन् र आयआर्जनका काममा सोचेजस्तै सफलता मिल्नेछ। आम्दानी बढ्नेछ। पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । कृषिकर्ममा भने केही चुनौती सामना गर्नपर्ला। तापनि, नयाँ काममा हात हाल्ने समय छ । प्रतिस्पर्धी र शत्रुपक्षलाई परास्त गर्न सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । बाध्यताका काममा बढी खर्च हुनेछ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्। मान–सम्मानमा आघात पर्ने देखिन्छ । काममा विघ्नबाधा आउलान्। तापनि, निरन्तर प्रयत्न गर्दा पुरानो व्यवसायमा भने फाइदै हुनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिएला, सचेत रहनुहोस् । मुद्दा–मामिला, वादविवाद र प्रतिस्पर्धामा पनि कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट सोचेजति लाभ नहुन सक्छ । टाढाको यात्रा व्यवस्थापनका लागि लगानी गर्नुपर्ला ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। ऋण तथा कर्जा पनि चुक्ता गर्न सकिनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
महत्त्वपूर्ण कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग मित्रता बढ्नेछ । सरकारी काममा पनि तत्काल फाइदा उठाउन सकिनेछ । नोकरी र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा होला । रामै्र आयआर्जन हुने काम सुरु होला । विभिन्न अवसरले पछ्याउने समय छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मानसम्मान पनि बढ्नेछ ।
२०७७ चैत २१ गते, शनिवार, (३ अप्रिल २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
तपाईको आज शुक्रबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष फाइदा !