
आकांक्षालाई कैद गर्ने थुना जिन्दगी,
विवशतामा मौलाएको मुना जिन्दगी ।
लक्ष्यलाई समस्याले माड्छ हरेक पल,
सुर्तीसँग हत्केलामा चुना जिन्दगी।
च्यातिएर यौटा खुशी बन्छ दुर्दशा,
वैलिएको पातको कच्चा दुना जिन्दगी ।
कदम यौटा खुस्किगए हुन्छ सर्वाङ्ग,
दौरा अनि सुरुवालको तुना जिन्दगी ।
जति फुकौं,जति बढौं लक्षित यात्रामा,
आखिरमा शून्य शून्य गुना जिन्दगी ।।